वर्णक्रम खण्ड

हरहिसाबना. [फा. हर+हिसाब] धनपैसाको मामलामा तेरोमेरो गर्न खाता वा टिपोट हेर्ने काम; लेनदेनको व्यवहार हेर्ने काम; हिसाबकिताब । हराइना. हर्(+आइ)] हर्ने भाव, क्रिया वा प्रक्रिया । हराउ (+आइ)] १. हराउने वा परास्त गर्ने भाव, क्रिया वा प्रक्रिया । २. हराउने वा बेपत्ता हुने क्रियाप्रक्रिया ।[√ हार (+आइ) ३. हार्ने भाव, क्रिया वा प्रक्रिया । हराइनुक.क्रि. १. हराउने काम गरिनु; हार गराइनु । २. हरण गराइनु । ३. अ.क्रि. कुनै वस्तु वा व्यक्ति बेपत्ता होइनु । हराउनीना. [हार्+आउ+नी] १. मुद्दामामिलामा मुद्दा छिनिसकेपछि हार्नेलाई लाग्ने जरिमाना; हराउरी । २. हराउने स्थिति वा काम । हराउनु१स.क्रि. [हार+आउ+नु] १. कुनै प्रतियोगिता वा मुद्दामामिलामा अर्को पक्षलाई परास्त गर्नु; हार गराउनु; जित्नु । २. दमन गर्नु; ङ्याक्नु । हराउनु२अ.क्रि. [हार्+आउ+नु] १. कुनै वस्तु अन्यत्र पुगेर बेपत्ता हुनु; लापता हुनु; गुम्नु । २. राखेका ठाउँको वस्तु नदेखिने हुनु; अदृश्य बन्नु; फेला नपर्नु; अलप वा लुप्त हुनु । ३. टुङ्गो बिर्सनु । हराउरीना. [हार+आउरी] १. हार्नेलाई लाग्ने दण्ड । विप. जिताउरी । २. हराउनी । हरामवि. [अ.] १. नियम, अनुशासन, आज्ञा वा अह्रोट नमान्ने; हत्तेरो । २. काम नलाग्ने; दुष्ट; नजाती; अनुचित । ३. त्याग्नुपर्ने; निषिद्ध । ना. ४. अधर्म; पाप; बेइमानी । हरामखोरवि. १. पाप वा अपराधको कमाइ खाने; अर्काको आर्जनमा जीविका चलाउने । २. सित्तँमा आएको खाने; उद्योगव्यवसाय नगर्ने; अल्छी । हरामखोरीना. केही उद्योग नगरीकन अर्काको कमाइ खाने काम । हरामजादाना. १. साह्रै दुष्ट वा बदमास व्यक्ति । २. हरामीको छोरो । हरामीवि. १. खराब; दुर्जन । ना. २. व्यभिचारबाट उत्पन्न पुरुष । हरि१ना. [सं.] १. ईश्वर; भगवान् । २. विष्णु । ३. सूर्य । ४. चन्द्रमा । ५. बाँदर । ६. दयाको भाव; दैवी गुण । (उदा.- पेटमा हरि भएको व्यक्तिले अर्काको पिरमर्का राम्रोसँग हेर्छ) । हरि२पू.स. विशेषण शब्दको अगाडि जोडिएर अधिकताको अर्थ बुझाउने शब्द (जस्तै- हरिकङ्गाल, हरिलट्ठक, हरिलम्फु आदि) । हरिकङ्गालवि. आफ्नो धनसम्पत्ति केही नभएको; अति दरिद्र; ज्यादै कङ्गाल; तन्नम । हरिकीर्तनना. [सं.] हरिको गुणगान वा भजन; ईश्वरभजन । हरिचन्दनना. [सं.] १. हरिलाई मन पर्ने चन्दन; श्रीखण्ड– चन्दन । २. पाँच प्रकारका देवतरुमध्ये मगमगाउँदो काठ भएको एक तरु । ३. कमलको पराग । ४. केशर । ५. चन्द्रमाको किरण । हरिजनना. [सं.] १. एक मात्र हरिमा समर्पित हुने भक्त । २. परस्परमा अस्पृश्य मानिएका वा निम्न जातका व्यक्तिलाई सामूहिक रूपमा भनिने आदरार्थीनाम । हरिटट्टुवि. [हरि+टट्टु] १. हारेर टाट भएको; सिरीखुरी भएको । २. हरिलट्ठक । हरिणना. [सं.] ठुलठुला मोहक आँखा हुने र गीत वा सङ्गीतको धुन सुन्न मन पराउने एक बनैया जन्तु; मृग ।