वर्णक्रम खण्ड
ह
हविष्पात्रना. [सं.] यज्ञको अग्निमा हवन गर्न घिउ छुट्ट्याउने भाँडो; घृतवहन–पात्र ।
हविष्यवि. [सं.] १. अग्निमा होम गर्न लायक; आहुति दिन योग्य; पवित्र । ना. २. व्रत, यज्ञ आदि गर्ने वा गराउनेले अघिल्लो दिन खाइने सात्त्विक भोजन; हविष्यान्न ।
हविष्यान्नना. १. हवनयोग्य पवित्र अन्न; चरु । २. पवित्र वा सात्त्विक भोजन ।
हवेलीना. [अ.] १. खुला झ्यालढोकाहरू भएको, हावा लाग्ने, अग्लो र ठुलो घर; महल । २. सम्पन्न व्यक्तिको सुविधायुक्त भवन; सेतो घर ।
हव्यवि. [सं.] १. अग्निमा आहुति दिन योग्य; हवन गर्न लायक (घिउ, चरु आदि) । ना. २. हवन गरिने वस्तु; होमका लागि छुट्ट्याइएको घिउ, चरु, तिल, जौ आदि; हवि ।
हव्यकव्यना. देवता र पितृहरूलाई अर्पण गरिने आहुति, तर्पण, सिधा, पिण्ड आदि; देवतालाई 'स्वाहा' शब्दले दिइने हव्य र पितृलाई 'स्वधा' शब्दले दिइने कव्यको समुदाय ।
हसकना. [हस्को] सडेगलेका वस्तुको गन्ध; हरक; हस्को ।
हसक्कक्रि.वि. १. सडेगलेका वस्तुबाट नमिठो गन्ध आउने गरी; हस्को आउने चालले । २. काम नबन्दा मन दुख्ने गरी; खिस्रिक्क ।
हसनाना. [अ. हसन] प्रायः रातमा खुब बास्ना चल्ने र झुप्पाका रूपमा पहँला मसिना फूल फुल्ने एक प्रकारको सानो बोट वा त्यसैको फूल; हसिना ।
हसबलीना. [अ. हस्ब] सालबसाली खातालगतमा नभएको बेठेगानको फुटकर सरकारी आम्दानी; लगत नभएको भइपरी आउने आम्दानी ।
हसहसक्रि.वि. [अ.मू. हस्+अ (द्वि.)] छिटोछिटो खाने चालले ।
हसहसीक्रि.वि. हसहस ।
हसितना. [सं.] १. केही दाँत देखाएर निस्केको हाँसो; मन्द हँसाइ । वि. २. फुलेको; विकसित । ३. उपहास वा गिल्ला गरिएको । ४. केही दाँत देखाएर हाँसेको (व्यक्ति) ।
हसिनाना. [अ. हसीन] ज्यादै सुन्दरी स्त्री; रूपवती नारी; कामुक स्त्री; हसना ।
हसुर्नुस.क्रि. १. धेरै मात्रामा भोजन गर्नु; गुतार्नु (निन्दार्थमा) । २. मन नपर्ने गरी खानु; घिच्नु । ।
हसुराइना. हसुर्ने भाव, क्रिया वा प्रक्रिया ।
हसुराइनुक.क्रि. हसुर्न लाइनु ।
हसुराउनुप्रे.क्रि. हसुर्न लाउनु ।
हसुराहसुरना. हारालुछ गर्दै खाने काम; कोचाकोच गरी खाने काम ।
हसुरिनुक.क्रि. धेरै खाइनु; घिचिनु ।