वर्णक्रम खण्ड
ह
हरिणाक्षीवि. हरिणका जस्ता सुन्दर आँखा भएकी; मृगनयनी (स्त्री) ।
हरिणीना. [सं.] १. पोथी हरिण; मृगी । २. कामशास्त्रमा वर्णित चार प्रकारका स्त्रीमध्ये एक; चित्रिणी ।
हरिणी प्लुताना. विषम पाउमा क्रमशः तीन सगण, एक लघु र एक गुरु हुने अनि सम पाउमा एक नगण, दुई भगण र एक रगण हुने वार्णिक छन्द ।
हरितवि. [सं.] १. हरियो रङ भएको; हरियो । ना. २. हरियो रङ । ३. सूर्यको घोडा । ४. सिंह । ५. दिशा ।
हरितकणना. बोटबिरुवाको प्रकाश संश्लेषण गर्ने वा पात र हाँगालाई हरियो गराइराख्ने मसिना कण ।
हरितक्रान्तिना. 'बालीनाली सपारौँ, धेरै अन्न उब्जाऔँ' भन्ने नारा; बढी अन्न र फलफूल उब्जाउने कृषिक्रान्ति वा अभियान ।
हरितालना. [सं.] प्रायः पुराना हस्तलिखित नेपाली कागजमा किराले नकाटोस् भनी लेख्नुअघि दल्ने गरिएको पहँलो रङ्गको विषालु खनिज पदार्थ; हरताल; निलोतुथो ।
हरितालिकाना. [सं.] १. विष्णुसँग विवाहित हुन नपरोस् भनी सँगिनीद्वारा हरेर जङ्गलमा पुर्याएकी पार्वतीले महादेव पति पाउनका निम्ति गरेको व्रत । २. प्रायः नेपाली सधवा नारीहरूले सौभाग्यको स्थिरताका लागि भाद्र शुक्ल तृतीयाका दिन निराहार बसेर गरिने शिवको पूजा । ३. भाद्रशुक्ल तृतीयाको दिन; तीज ।
हरितिमाना. [सं.] हरियोहरियो वर्ण; हरियोपन; हरियाली ।
हरिद्वारना. [सं.] १. उत्तरभारतमा रहेको एक प्रसिद्ध तीर्थस्थल; गङ्गाद्वार । २. हरिका मन्दिरको ढोका; हरिमन्दिर ।
हरिधामना. [सं.] १. विष्णु रहने स्थान; वैकुण्ठलोक । २. हरिको मन्दिर; देवमन्दिर ।
हरिनासना. रगतको विकारबाट पैताला फुट्ने एक रोग; हर्नाठ ।
हरिनुक.क्रि. [हर्+इ+नु] धनमाल चोरेर वा लुटेर लगिनु ।
हरिपवि. [अ. हरीफ] १. कत्ति पनि धनसम्पत्ति नभएको; कङ्गाल । २. भनेको नटेर्ने; जोधाहा । ३. शत्रु; दुस्मन ।
हरिप्रियाना. [सं.] १. विष्णुकी पत्नी; लक्ष्मी । २. तुलसी । ३. पृथिवी ।
हरिबोधिनीना. [सं.] चतुर्मास समाप्त भएर देवोत्थान हुने एकादशी; कार्तिक शुक्ल एकादशी ।
हरिमुस्लेवि. [हरि+मुस्लो+ए] ठुलो तिघ्रा हुने; भुसतिघ्रे ।
हरियालीना. [हरियो+आली] हरिया घाँसपात, बोटबिरुवा, लतावृक्ष आदि वनस्पतिले चारैतिर आकर्षण देखिनाको भाव वा स्थिति; हरितिमा ।
हरियोना. [प्रा. हरिओ] १. सामान्यतः सागपातमा हुने रङ; पहँलो र निलो रङको मिश्रणबाट पैदा हुने रङ; हरित वर्ण । वि. २. भर्खरै पलाएको कलिलो (बोटबिरुवा) । ३. ताजा; आलो ।
हरियो जाईना. पाकेपछि पनि हरियै रहने एक जातको जाई ।