शब्दकोश प्रविष्टि

हरितालिका

ना.
  1. विष्णुसँग विवाहित हुन नपरोस् भनी सँगिनीद्वारा हरेर जङ्गलमा पुर्‍याएकी पार्वतीले महादेव पति पाउनका निम्ति गरेको व्रत ।

  2. प्रायः नेपाली सधवा नारीहरूले सौभाग्यको स्थिरताका लागि भाद्र शुक्ल तृतीयाका दिन निराहार बसेर गरिने शिवको पूजा ।

  3. भाद्रशुक्ल तृतीयाको दिन; तीज ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059391
मुद्रित पृष्ठ
1332–1333