खोज नतिजा

“द्वारपाल”

12 सम्म नतिजा देखाइएको छ।

परिभाषामा मिलेको

द्वारे

ना. [द्वार+ए] १. अन्तपुरका केटी सुसारेहरूकी नाइकेनी । २. गाउँको मुखियासरहको व्यक्ति । ३. ढोकाको रक्षाखातिर राखिएको व्यक्ति; द्वारपाल ।

पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको

प्रतिहार

ना. [सं.] १. राजकाजका दृष्टिले महत्त्वपूर्ण मेल, झगडा, सैनिक तयारी आदि व्यवहारका अनेक कामकुरा राजाकहाँ जाहेर गर्ने राजदरबारको पाले; द्वारपाल; प्रतीहार । २. ढोके । ३. ढोका; दैलो ।

पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको

वेताल

ना. [सं.] १. शिवको गणको आत्मा प्रवेश गरेको मुर्दा; एक भूतयोनि । २. शिवको एक गण । ३. द्वारपाल । ४. रथको अगिल्तिर र कतैकतै पछिल्तिर पनि रहने, टुप्पो माथितिर फर्केको, लामो धुरोजस्तो मोटो काठ ।

पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको

जय

ना. [सं.] १. कुनै परिश्रम, अभियान वा तपस्याको सफल परिणाम; विजय; सफलता । २. कल्याण; शुभमङ्गल । ३. इन्द्रिय वा कुनै पनि अन्य अवस्था वा स्थितिमाथिको जित वा नियन्त्रण; निग्रह । ४. साठी संवत्सरमध्ये एक । ५. वैकुण्ठका चार द्वारमध्ये पूर्वद्वारमा रहने दुई द्वारपाल जय र विजयमध्ये जयचाहिँ । वि.बो. ६. जितेको खुसीमा मुखबाट सामूहिक रूपले निकालिने हर्षित ध्वनि ।

पूरा प्रविष्टि हेर्नुहोस् →