वर्णक्रम खण्ड
ह
हाँकना. [प्रा. हक्कार] १. प्रतिपक्षी वा विपक्षीलाई सङ्घर्षका निम्ति गरिने आह्वान; ललकार; हुङ्कार । २. कुनै साहसपूर्ण कामका लागि जनसमूहलाई अगाडि बढाउने वा हाँक्ने काम । ३. आँट; हिम्मत; साहस ।
हाँकडाँकना. हप्कीदप्की ।
हाँकिनुक.क्रि. [हाँक्+इ+नु] १. हाँक्ने काम गरिनु; हाँक दिइनु । २. बग्गी, मोटर आदि चलाइनु । ३. फर्माएर वा बढाई–चढाई कुरा गरिनु ।
हाँकोडाँकोना. [हाँक+डाँक] १. तारन्तारको बोलावट; ठुलो स्वरको बोलाइ । २. हारगुहार ।
हाँक्नुस.क्रि. [प्रा. हक्कार+नु] १. शत्रुपक्षका विरुद्ध युद्ध गरिने कुराको घोषणा गर्नु; हाँक दिनु; ललकार्नु । २. हैकम चलाउनु; अह्राउनु । ३. हिम्मतका साथ कुनै गौरवपूर्ण कामलाई अगाडि बढाउनु; आँट गर्नु । ४. मोटर, बग्गी, वायुयान आदि सवारी चलाउनु । ५. चमर; पङ्खा आदि हल्लाएर हावा निकाल्नु; हम्कनु । ६. फुर्माएर वा बढाई–चढाईकन कुरा गर्नु; गफ चुट्नु ।
हाँगाना. [हाँगोको ति. रू.] हाँगो ।
हाँगाबिँगासानातिना धेरै हाँगा; ठुलो हाँगो र त्यसमा पलाएका साना हाँगा ।
हाँगिनुअ.क्रि. [हाँगो+इ+नु] कुनै रुखको हाँगा फाट्दै जानु; हाँगाबिँगा फैलिनु; झाँगिनु ।
हाँगेवि. [हाँगो+ए] १. हाँगा फाटेको; धेरै हाँगा भएको (लहरा, रुख आदि) । २. बढी औँलो पलाएको (व्यक्ति) ।
हाँगेटिकोना. तीन हाँगा भएको, आइमाईले निधारमा लाउने टीको ।
हाँगोना. १. रुखको मूल काण्डबाट फाटी बेग्लाबेग्लै बाँडिएर बढेको भाग; रुखबाट निस्केका सानातिना डाँठ; शाखा । २. मुख्य नदीबाट छुट्टिएर अलग्गै बग्ने नदी । ३. मुख्य वस्तुसँग सम्बन्धित सानो वस्तु; शाखा ।
हाँडाचिन्डाना. [हाँडी+चिण्डो] १. माटाका भाँडा र लौका, तुम्बी आदिका भाँडा । २. भाँडाकुँडाका लागि तुच्छार्थबोधक शब्द ।
हाँडीना. [सं. हण्डिक] मकै, खट्टे, चिउरा आदि भुट्ने कसौँडीका आकारको तर मुख ठुलो भएको माटाको भाँडो; हण्डी ।
हाँडीओढारना. हाँडीका आकारको वा हाँडीजस्तो अँध्यारो ठुलो ओडार ।
हाँडीखाउडेवि. १. अँध्यारो र घोप्टो मुख भएको; अँध्यारमुखे । ना. २. त्यस्तो मानिसलाई गाली गर्दा प्रयोग गरिने शब्द ।
हाँडीगाग्राना. मकै भुट्ने हाँडी र पानी ओसार्ने, हाल्ने गाग्राघँटाहरू ।
हाँडीघोप्टेवि. १. कालो र घोप्टो मुख भएको; ज्यादै कालो अनुहारको । २. सबै आफू मात्र खाऊँ भन्ने; भएभरको खान खोज्ने (व्यक्ति) ।
हाँडी घोप्टयाएजस्तोवि. ज्यादै अँध्यारो; अति कालो ।
हाँडेना. [सं.] कानका फेदमा च्यापुका दुवैपट्टि फुकुन्डो निस्केर सुन्निने एक रोग ।
हाँडोना. [सं. हण्डी] १. माटाको वा धातुको थोत्रो भाँडो । २. निन्दा गर्दा वा झर्किएर भाँडाको नाम लिँदा भनिने हेयार्थक शब्द ।