वर्णक्रम खण्ड
ह
हलन्तवि. [सं.] स्वररहित व्यञ्जनवर्ण अन्तमा हुने; हल् अन्तमा भएको (शब्द, जस्तो- पश्चात्, झन्, हट् इ.) ।
हलन्त बहिष्कारना. प्राचीन र मध्यकालीन वाङ्मयकार एवं साहित्यिक स्रष्टाहरूको पालादेखि उच्चारणका आधारमा राम, विकास, एक आदि शब्दलाई गद्य वा पद्य दुवै विधामा विकल्पले राम्, विकास्, एक् इत्यादि हलन्त रूपमा लेख्ने गरिएकोमा उक्त, वैयक्तिक हलन्त रूप लेखिनु हुँदैन र सक्छन्, भन्छन् आदि क्रियापदलाई सकछन, भनछन आदि रूपमा लेखिनुपर्छ भनी सं. १९६५ मा 'माधवी' पत्रिकाका सम्पादक स्व. राममणि आचार्य दीक्षित र उनका अनुयायीहरूले प्रस्तुत गरेको मत र सो मतसँग सम्बन्धित आन्दोलन ।
हलपाटेवि. [हल+पाटो+ए] जोडा हुनुपर्नेमा नभई एक्लो भएको; जोडीबाट छुट्टिएको वा अर्को जोडाको मृत्यु भएको (गोरु वा व्यक्ति) ।
हलम्बुवि. [हरि+लम्फु] कुनै कामकाज नभएको; बेकम्मा; लट्ठक; हरिलम्फु; लन्ठ ।
हलवाईना. हलुवाई ।
हलसारोना. [हल+सार+ओ] १. प्रायः बर्खे बाली लगाउने बेलामा पानी बर्सेपछि सर्वप्रथम हलो चलाउँदा भूमिपूजा गरेर मनाइने उत्सव; वसन्तपञ्चमीजस्ता कृषिपर्वमा पहिलो पटक हलो जोत्ने काम । २. पाडा, बाच्छा मरेको लैनो भँसी वा गाई; हतुवा पशु । ३. बुहारीले पत्यार गरेर कसैलाई राख्न दिएको वस्तु । वि. ४. पाडाबाछा मरेर हातले पघार्नुपर्ने; हतुवा (गाई– भँसी); हातसारो ।
हलहलक्रि.वि. [अ.मू. हल्+अ (द्वि.)] १. छाद्ने वा बान्ता गर्ने चालले । २. बोटबिरुवाहरू राम्रोसँग सप्रने र बढ्ने गरी ।
हलहलती/हलहलीक्रि.वि. अझै हलहल भएर ।
हलहलेना. पालुङ्गाका छाँटका पात हुने र तरकारी खाइने एक थरी साग ।
हलाइना. [√ हाल् (+आइ)] हाल्ने क्रिया वा प्रक्रिया ।
हलाइनुक.क्रि. हाल्न लाइनु ।
हलाउनुप्रे.क्रि. हाल्न लाउनु ।
हलानना. हाल्ने काम वा खेप; हलाइ ।
हलापाटेना. [हलो+पाटो+ए] हलो जोत्ने मानिस; हली ।
हलायुधना. [सं.] कृष्णका दाजु बलराम; हलधर ।
हलालना. [अ.] इस्लाम धर्मका अनुसार मासु खानका लागि घोक्रो रेटेर खसी, भेडा आदि पशु मार्ने तरिका ।
हलाहलना. [सं.] १. क्यात्तुकेका छाँटका लामालामा सेता झुस भएका पात, झुसिला लामालामा डाँठमा प्याजी रङका झुसिला लाम्चा फल र फलका टुप्पामा मसिनो रातो फूल तथा फुस्रो कन्द हुने, हिमालयका लेकमा पाइने एक जातको विषबुटी; नर्सिङ विष । २. पुराणअनुसार देवदानवले मिलेर समुद्रमन्थन गर्दा निस्केको कडा विष ।
हलीना. [सं.] १. खेतीकमाइ गर्नका लागि हलो जोत्ने मानिस; हरुवा । २. वसुदेवका छोरा बलराम ।
हलीभागना. १. शारीरिक श्रम बेसी गर्ने र खान पनि अबेर आउने हुँदा भोक र श्रमअनुसार हलीलाई चाहिने खानाको निकै ठुलो परिमाण । २. त्यस्तै ठुलो भाग ।
हलुकोवि. [प्रा. लहुक] १. सजिलै उचाल्न र बोक्न सकिने; गह्रौँ नभएको; कम वजनको; हलौँ; हलका । २. उज्जर वा चर्को रङ्ग नभएको; फिक्का । ३. मानमर्यादा नभएको; कम इज्जतको; अप्रतिष्ठित । ४. थोरै; अलिकति (घाउ वा चोट) ।