वर्णक्रम खण्ड

हाते जरोना. लेकाली भेकमा पाइने एक बुटी । हाते तानना. हातले कपडा बुन्ने तान (ह्यान्डलुम) । हातेपातेना. १. हातपात । क्रि.वि. २. हाताहाती । हाते प्रेसना. हातैले चलाइने मुद्रणयन्त्र । हाते बन्चरोना. पाषाणयुगमा मानवले प्रयोग गर्ने गरेको विनाबिँडको बन्चरो । हाते बर्माना. काठ प्वाल पार्न हातले घुमाइने ज्याबल । हातेमाथना. तासको खेलमा भुइँको पत्ती नटिपी–नथुतीकन बाँडेको तासले नै बाजी जित्ने काम । हातेमालोना. परस्परमा हात समात्ने काम; अङ्कमाल; बाहाँजोरी । हातोना. [हात+ओ १. जाँतो घुमाउन समातिने बिँड । २. यन्त्र आदि चलाउँदा हातले समातिने अवयव । हात्तीना. [सं. हस्ती] लामो सुँड, ठुलो र भद्दा शरीर, नाङ्लाजत्रा कान भएको, प्रायः वाहनका रूपमा प्रयोगमा ल्याइने एक स्तनपायी जनावर । हात्ती कानेना. १. खस्रा ठुलठुला पात हुने, राता वा पहँला फूल फुल्ने, खिर्राका जस्ता फल फल्ने, खस्रो बोक्रा हुने र पहँलो चोप निस्कने बुटीविशेष; सजिवन; रतन्जोत । २. मास्तिर कान जस्तै निस्केको, फित्ता बान्न नपर्ने छालाको जुत्ता । हात्ती छेराना. नफलेको निम्न खालको रातो मोटो चामल । हात्तीपाइलेना. १. हात्तीका पाइलाका आकारका पात र गुलाफी रङका झुप्पा परेका फूल फुल्ने, गोलो फल लाग्ने, एक जातको खनायो । २. खुट्टा सुन्निएर थामजस्तो हुने रोग । वि. ३. खुट्टा सुन्निने रोग लागेको; थामखुट्टे । हात्तीबारना. विशेषगरी डोरी, नाम्ला, दाम्ला आदि बनाउन पाटको रूपमा प्रयोग गरिने सेता फुस्रा रङका लामालामा डुँडका आकारका लोप्रा हुने र ती लोप्राको दुवै छेउ र टुप्पामा तिखा र घोच्ने काँडा भएको, ठुलठुला झाङ हुने र त्यसै झाङबाट निस्किएको टुसो बढी फुलेर फलसमेत लाग्ने बुटो । हात्तीबुटेना. मसिना हरिया फूल फुल्ने खालको बन्सो घाँस । हात्तीसारना. हात्ती बाँध्ने ठाउँ वा घर; हात्ती राखिने ठाउँ । हात्तीसुँडेवि. १. हात्तीको जस्तो सुँड भएको; भद्दा लाम्चो अनुहारको । ना. २. टीकाटीका परेका लाम्चा ठुला पात हुने, हात्तीका सुँड जस्तै घुँगुरिएका लामा केस्राका टुप्पामा मसिना, निला फूल फुल्ने एक बुटी । हात्तीहौवाना. ठुलो डर देखाएर केटाकेटीलाई तर्साए जस्तै तर्साउने काम । हानथापना. [हान्+थाप्] कुनै फाइदा लिन दुई वा धेरै जनाले तँछाडमछाड गर्ने काम; परस्परको प्रतिस्पर्धा; हारालुछ; लुछाचुँडी । हानमारना. [हान्+मार] काटमार; मारकाट ।