वर्णक्रम खण्ड

हवाई अड्डाना. हवाईजहाज उड्ने वा बस्ने ठाउँ; विमानस्थल; विमानघाट । हवाई उडानना. हवाईजहाजबाट उड्ने वा उडाउने काम । हवाई उडान बिमाना. हवाईजहाजको उडानमा जहाजको हानिनोक्सानी भएमा सम्बन्धित कम्पनीले दिने क्षतिपूर्ति; हवाई उडानको बिमा । हवाई उड्डयन आयोगना. हवाईजहाजको उडान तथा नीतिनियमसम्बन्धी कार्य गर्नेगराउने अधिकारप्राप्त समिति । हवाई ग्राउनना. हवाईमैदान । हवाई जहाजना. आकाशमार्गबाट यात्रा गर्ने यान; विमान; वायुयान । हवाई डाँकना. १. हवाईजहाजबाट पठाइने वा पठाइएका चिठीपत्र आदि । २. हवाईजहाजबाट चिठीपत्र पठाइने वा लगिने काम वा व्यवस्था । हवाई पत्रना. चिठी लेखेर हवाईजहाजबाट पठाइने खाम र पत्रसमेत एउटैमा भएको विशेष पत्र । हवाई बिमाना. हवाईजहाजमा चढ्ने यात्रीहरूले गराउने बिमा । हवाई मैदानना. हवाईजहाज उड्ने–ओर्लने ठाउँ; विमानस्थल । हवाई यातायातना. वायुसेवाद्वारा गरिने आवतजावत । हवाई सैन्यना. जलसेना र थलसेनाबाहेकको, हवाईजहाजबाट युद्ध गर्ने सेना । हवालना. [अ. अहवाल] १. काम गरेर पनि जस नपाउने स्थिति; हैरानी; दुर्दशा; फजिती । २. अवस्था; परिस्थिति । हवालाना. [अ. हवाल] १. कुनै व्यक्ति वा वस्तुलाई अर्कासमक्ष सुम्पने वा जिम्मा लगाउने काम; सुपुर्दगी । २. प्रमाण दिने उद्धरण; साक्ष्य; उल्लेख; दृष्टान्त । ३. अधीनता; परतन्त्रता । ४. अपराधीको पिछा गर्ने सिपाही; पहरा । हवालातना. [अ.] १. कुनै व्यक्तिलाई अपराधअनुसार थुन्ने काम; थुना; हिरासत । २. विचाराधीन कैदीलाई राख्ने ठाउँ । हवालातीवि. १. थुनामा रहेको; हवालातमा परेको । २. हवालातसम्बन्धी; हवालातको । हवास१ना. [अ.] चैतन्य; होस; ज्ञान (होसको पूरकका रूपमा प्रयुक्त हुने) । हवास२ना. [अ. हवा+आस] १. भुइँको चिसो नआओस् भनेर छिँडीको तलामनि गराइएको खाली ठाउँ वा प्वाल । २. भान्छाको धुवाँ जाने प्वाल वा निकास; चिम्नी । हविना. [सं.] यज्ञको अग्निकुण्डमा आहुति दिइने पदार्थ; घिउ, चरु आदि हवनीय द्रव्य । हविगतना. [अ. अहवाल+सं. गति] १. तुजुक; शक्ति; सामर्थ्य । २. गिर्दै गएको आर्थिक अवस्था; दारिद्र्य ।