वर्णक्रम खण्ड
ह
हल्लाइना. [√ हल्ल (+आइ)] १. हल्लने भाव, क्रिया वा प्रक्रिया ।[हल्लाउ+आइ] २. हल्लाउने भाव, क्रिया वा प्रक्रिया ।
हल्लाइनुक.क्रि. हल्लाउन लाइनु; यताउति चलाइनु ।
हल्लाउनुस.क्रि. १. यताउति चलाउनु; डोलाउनु । २. कम्पन गराउनु; कँपाउनु । ३. जगाउनु । ४. झुलाउनु; मच्चाउनु । ५. तर्साउनु; धम्काउनु । ६. बिनसित्ति वरपर दौडाउनु ।
हल्लाखल्लाना. [हल्ला+खल] १. चारैतिर फिँजिएको हल्ला; ठुलो हल्ला; हल्लखल्ल । २. कोलाहल; खलबल ।
हल्लागुल्लाना. [हल्ला+फा. गुल] हल्लीखल्ली; कोलाहल ।
हल्लिनुक.क्रि. [हल्ल+इ+नु] यताउति चलिनु वा हिँडिनु ।
हल्लीखल्लीना. [√ हल्ला+खल्ला] ठुलो हल्ला; हल्लाखल्ला ।
हल्लीशना. [सं.] नाट्यविद्याका अठार उपरूपकमध्ये एक भेद; नृत्यप्रधान एकाङ्की ।
हल्लुँडना. [हल+लुँड] हलाको हरिसमा जुवा झुन्ड्याइने छालाको डोरी; नारा ।
हल्लुँडेवि. [हल्लुँडो+ए] १. हल्लुँडोजस्तो; बुद्धि नभएको; हलम्बू । २. एक जातिको नरम खालको रुख ।
हल्लुँडोना. [हलो+लुँडो] १. भँसी, गाई आदि पशुलाई गाली गर्दा प्रयोग गरिने शब्द । वि. २. काम नलाग्ने; बेकम्मा; तनाहा ।
हल्ले१ना. [√ हद] १. दुई दल भई गिर्राले हानेर भकुन्डाको सीमा कटाई खेलिने एक खेल । २. त्यस खेलमा दुवै पक्षतर्फ लगाइने चिनु वा त्यसै चिनुबाट भकुन्डो छिराउने काम ।
हल्ले२वि. [हल्ला+ए] हल्ला मचाउने; हल्लाबाज ।
हवनना. [सं.] देवकार्यमा 'स्वाहा' शब्द उच्चारण गरेर अग्निमा घिउ, चरु आदिको आहुति दिने विधान; होम; यज्ञ ।
हवनीयवि. १. हवन गर्न योग्य; अग्निमा आहुति दिन लायक (चरु, घिउ आदि) । २. हवन गर्न हुने वा सकिने; हव्य ।
हवलदारना. [फा.] हबलदार ।
हवलदारीना. हबलदारी ।
हवस्अव्य. [होओस्] मान्य जनबाट कुनै काम अह्राउँदा मन्जुरी जनाएर भनिने शब्द । (उदा.- हवस्, यहाँले धन्दा मान्नुपर्दैन । म छिटै आइहाल्छु) ।
हवाना. [अ.] हावा ।
हवाईवि. [हवा+ई] १. हावासँग सम्बन्धित; वायुको । २. हावामा चल्ने; हिँड्ने वा उड्ने ।