वर्णक्रम खण्ड
ह
हरताल२ना. हडताल ।
हरतालीवि. हडताली ।
हरदमक्रि.वि. [हर+दम] १. हरेक समयमा; जुनसुकै बेला
हरदिनक्रि.वि. [फा. हर+सं. दिन] हरेक दिनमा; प्रत्येक दिन; दिनहुँ ।
हरप्पाना. [हि. हरपा] बाँडा, सुनार आदिको तराजु राख्ने बट्टा ।
हरफना. [अ. हर्फ] १. अक्षरको हार वा ताँती; वर्णको लहर । २. पङ्क्ति; ताँती; लहर । ३. अक्षर; वर्ण ।
हरफनमौलावि. [फा. हर+अ. फन–मौला] हरेक प्रकारका कामको धेरथोर जानकारी राख्ने; टपर्टुय्याँ ।
हरबखतक्रि.वि. [फा. हर+बख्त] जुनसुकै बेला पनि; हरसमय; सधँ ।
हरबरना. [हट+बढ] १. केटाकेटीले फनफनी घुमेर भन्ने बोली वा खेल । २. अनेकतिर घुमाउने काम; ठुलो सासना वा सास्ती ।
हरबाङ्गेवि. [हर+बाङ्गो] ढाड बाङ्गो भएको; ढाड कुप्रिएको ।
हरराना. एक प्रकारको साँपको जात ।
हररोजक्रि.वि. [फा. हर+रोज] हरेक दिन; दिनदिनै; दिनहुँ ।
हरलवि. [हार्+अले कौडी, पासा, तास आदि जुवामा हारेको (पैसा, वस्तु आदि); पराजित ।
हरसङ्गा/हरसङ्घाना. [सं. हल+सन्धान] हलो आदि बनाउने काठपातका साधन ।
हरसमयक्रि.वि. [फा. हर+सं. समय] हरबखत ।
हरहमेसाक्रि.वि. [फा. हर+हमेश] सधँभरि; जुनसुकै बेला पनि ।
हरहर१ना. [सं. हर+हर] १. नुहाइधुवाई गर्दा धार्मिक भावनाले दोहोर्याई–तेहर्याई महादेवको नाम लिइने शब्द । २. नुहाउने काम; स्नान (बालबोलीमा) ।
हरहर२क्रि.वि. [अ.मू. हर+अ (द्वि.)] १. बत्ती, आगो आदि ज्वाला छुटेर बल्ने गरी । २. कडा गर्मीवा भित्री रोगले हृदयमा जलन पैदा भएर; डाह हुने किसिमले । ३. हावा सरसराउने चालसित ।
हरहरीक्रि.वि. १. अझ बेसी हरहर हुने गरी । ना. २. नाम्लाको पाटो वा गुन्द्रीको बिट मार्दा आखिरमा पारिने गाँठो ।
हरहिफाजतना. [फा.] थन्क्याउने र व्यवस्थित गर्ने काम; सुरक्षा; थान्कोमान्को ।