वर्णक्रम खण्ड
ह
हत्याना. [सं.] १. पशुपक्षी वा मान्छेलाई मार्ने काम; हिंसा; वध; हत्ते । २. प्राणीलाई मार्दा लाग्ने पाप ।
हत्याइना. [√ हत्याउ (+आइ)] हत्याउने भाव, क्रिया वा प्रक्रिया ।
हत्याइनुक.क्रि. हात पारिनु ।
हत्याउनुस.क्रि. [हात+याउ+नु] १. हातलागी गर्नु; कुनै चल वा अचल सम्पत्ति उचित अनुचित जुनसुकै किसिमले भए पनि आफ्नो गराउनु । २. आफ्नो वशमा लिनु । ३. काममा सधाउनु; रत्त्याउनु ।
हत्यारा/हत्यारोवि. [हत्या+रा/रो] १. अरूको ज्यान लिने; हत्या गर्ने; ज्यानमारा । २. ठुलो अपराध गर्ने; अति पापी । ३. ज्यादै हत्ते हाल्ने; हत्तेरो ।
हत्यौडाना. [हात+यौडो हतौडा ।
हत्यौडीना. हतौडी ।
हत्यौरीना. [हात+यौरी] गुन्द्री बुन्ने तानका निम्ति हातले बाटिने बाबियाको डोरी ।
हदना. [अ. हद्द] १. तोकिएको अवधि वा समय; सीमा; साँध । २. कुनै वस्तुको तोकिएको र निस्तुकमा देखिने घटी वा बढी भाग । ३. कामकुरा वा नियमविधिको मर्यादा; पराकाष्ठा । क्रि.वि. ४. अचाक्ली; ज्यादै; अति ।
हद दर्जाकोवि. साह्रै; ज्यादै; चर्को । (उदा.- तिम्रो भाइ हद दर्जाको उल्लु रहेछ । यो सुन्तला हद दर्जाको मिठो रहेछ) ।
हदबन्दीना. १. हद वा सीमाको निर्धारण; साँध छुट्ट्याउने काम । २. कुनै कारणले आउन वा जान लगाइने रोक । ३. जग्गाजमिन बढी राख्न नपाइने व्यवधान ।
हदमूल्यना. कुनै वस्तु यतिसम्ममा किन्न हुन्छ भनी सरकारले किटान गरेको दर ।
हदम्यादना. १. कुनै कामकुरो गर्न तोकिएको अवधि; निर्धारित समय; आखिरी म्याद । २. मुद्दा गर्ने आखिरी म्याद ।
हदैक्रि.वि. ज्यादाभन्दा ज्यादा; अन्तिम साँधमा; अचाक्लि ।
हद्दक्रि.वि. [अ.] हद वा सीमासम्म; पराकाष्ठातक; शक्तिले भेटेसम्म; ज्यादाभन्दा ज्यादा ।
हननना. [सं.] मार्ने काम; वध; हत्या ।
हनहनक्रि.वि. [अ.मू. हन्+अ (द्वि.)] ज्वरो धेरै रन्कने गरी; मर्लान्त झँ पारेर ।
हनहनती/हनहनीक्रि.वि. बेसी मात्रामा हनहन हुने गरी
हनाइना. [√ हान् (+आइ)] हान्ने भाव, क्रिया वा प्रक्रिया ।
हनाइनुक.क्रि. हान्न लाइनु ।