वर्णक्रम खण्ड
ह
हजुरआमाना. पिता वा माताकी आमा; पितामही वा मातामही ।
हजुरबुबाना. पिता वा माताका बुबा; पितामह वा मातामह ।
हजुरियाना. [हजुर+इया] दरबारमा राजामहाराजाका साथमा रहने र बाहिरको उजुर वा पिरमर्का जाहेर गर्ने अधिकारीहरूमध्ये प्रमुख व्यक्तिलाई दिइने पद ।
हजुरिया जनरल/जर्नेलना. राणा प्रधानमन्त्रीका निजी सचिव ।
हटकना. [सं. भ्रष्टक?] १. रोक्ने काम; रोक्का; मनाही; निषेध । २. जाति वा समाजबाट छुट्ट्याउने, पन्छाउने र अलग पार्ने काम; रोक्का; मनाही । ३. चलिरहेको वा खाइरहेको वस्तु ग्रहण नगर्ने काम (जस्तो- पानीहटक, भातहटक आदि) । वि. ४. पृथक्; छुट्टै ।
हटकीवि. कुनै काम नगर्न रोक्का गरिएको; मनाही भएको ।
हटहटना. [अ.मू. हट्+अ (द्वि.)] १. घोडा चढ्ने वा हप्काउने कामको अनुकरणका रूपमा प्रयोग हुने शब्द । २. घोडा (बालबोलीमा) ।
हटाइना. [√ हट् (+आइ)] १. हट्ने भाव, क्रिया वा प्रक्रिया । [हटाउ+आइ] २. हटाउने भाव, क्रिया वा प्रक्रिया ।
हटाइनुक.क्रि. हट्न लाइनु ।
हटाउनुस.क्रि. /प्रे.क्रि. १. एक ठाउँबाट अन्यत्र पुर्याउनु; पर सार्नु; पन्छाउनु । २. अलग गराउनु; छुट्ट्याउनु । ३. झिक्नु; निकाल्नु ।
हटारुना. [हाट+आरु] १. मौका मौकामा लाग्ने हाट वा बजारमा पसल राख्न जाने व्यापारी । २. हाटबजारमा किनमेल गर्न जाने व्यक्ति ।
हटिनुअ.क्रि. [हट्+इ+नु] एक ठाउँबाट अर्को ठाउँमा सारिनु ।
हटिया१ना. [हाट+इया] १. सानो वा अस्थायी बजार । २. अस्थायी रूपमा मौका मौकामा बजार लाग्ने ठाउँ ।
हटिया२ना. नेपालको पल्लो किराँतमा पर्ने हिमालयको एक घाटी ।
हटिलोमटिलोवि. [प्रा. हट्ठमहट्ठ] मोटोघाटो; हृष्टपुष्ट ।
हटौरीना. [हट्टी+औरी] ठेक्का वा इजाराको रकम; चुरोटको ठेक्काको रकम ।
हट्टना. [सं.] १. अस्थायी बजार; हाट; मेला । २. पसल; दुकान ।
हट्टाकट्टावि. [प्रा. हट्ठमहट्ठ] १. मोटोघाटो; तन्दुरुस्त; हृष्टपुष्ट । २. ज्यादै बलियो; बल भएको ।
हट्टीना. [हट्ट+ई] १. ठेक्कापट्टा; इजहारा । २. ठेकदारको पसल ।
हट्टीवालना. रक्सी, चुरोट आदिको हट्टी वा ठेक्का लिने व्यक्ति ।