वर्णक्रम खण्ड
ह
हिकमतहारावि. हुती नभएको; पानीमरुवा; नामर्द; लाछी ।
हिकमतीवि. हिकमतदार; साहसी ।
हिकाइना. [√ हिक् (+आइ)] १. हिक्ने वा हेप्ने क्रियाप्रक्रिया । २. हिक्ने वा हिक्का लाग्ने क्रियाप्रक्रिया ।
हिकाइनुक.क्रि. हिक्न लाइनु ।
हिकाउनुप्रे.क्रि. हिक्न लाउनु ।
हिकिनुक.क्रि. हेपिनु ।
हिकीहिकीना. [हिक्का (द्वि.)] मर्ने वेलामा आउने हिक्का वा दम ।
हिक्कक्रि.वि. [√ हिक्का] हिक्का लाग्ने गरी; हिक्काको आवाज आउने गरी ।
हिक्कहिक्कक्रि.वि. लगातार हिक्क भएर ।
हिक्काना. [सं.] १. घाँटीबाट वेगका साथ वायु निस्कने काम; बाडुली । २. लगातार धेरै पटक बाडुली निस्किरहने रोग । ३. मर्ने वेलाको आखिरी दम; हिकीहिकी ।
हिक्नु१स.क्रि. [हेप्+नु] थिचोमिचो गर्नु; हेप्नु; दमन गर्नु ।
हिक्नु२अ.क्रि. [हिक्का+नु] १. हिक्का लाग्नु; हिक्कहिक्क गर्नु । २. हात्ती कराउनु ।
हिग्वेना. [नेवा.] तितोतितो वा टर्रो स्वादको, भित्रपट्टि रातो र कमलो हुने सुपारी ।
हिङना. [सं. हिङ्गु] १. लाम्चा पात र साना खैरा फल हुने एक जातको बोट । २. त्यसको कडा गन्ध हुने चोप वा दाल, तरकारी पकाउँदा तेलघिउमा फुराइने गन्धयुक्त मसला ।
हिङ जिरोवि. रोगले गलाएर ज्यादै दुब्लो भएको; मरन्च्यासे; सिट्ठी ।
हिङ हलाइना. अरूलाई साटो फेर्ने उद्देश्यले कसैलाई उक्साएर कष्ट पुर्याउने काम ।
हिङाइना. [√ हिङाउ (+आइ)] हिङाउने भाव, क्रिया वा प्रक्रिया ।
हिङाइनुक.क्रि. हिङाउन लाइनु ।
हिङाउनुस.क्रि. [हिङ+आउ+नु] १. अरूलाई हानि वा कष्ट हुने गरी कुनै कामकुरो गर्न बाध्य गर्नु । २. गुदद्वारमा हिङ हाले झँ गरी बेचैन पार्नु; पीडा दिनु ।
हिङ्गास्टकना. [सं. हिङ्ग्वष्टक] हिङ, जिरा, मरिच, बिरेनुन, सुठो, पिप्ला आदि द्रव्य मिसाएर तयार पारिएको अजीर्णनाशक एक आयुर्वेदीय औषधि; पाचक ।