वर्णक्रम खण्ड
ह
हिँडिनुअ.क्रि. हिँड्ने काम गरिनु; पैदल गइनु ।
हिँडुवावि. हिँडन्ता । स्त्री. हिँडुवी ।
हिँडैयावि. खुब हिँड्ने बानी भएको; हिँडन्ता ।
हिँड्नुअ.क्रि. [सं. हिण्ड+नु] १. खुट्टा चालेर फट्को मार्दै वा सार्दै एक ठाउँबाट अर्को ठाउँमा जानु; पदयात्रा गर्नु; पैदल जानु । २. प्रस्थान गर्नु; पहिलेको ठाउँ छाड्नु । ३. अर्को पोइसँग जानु; पोइल जानु । ४. मर्नु; नाश हुनु ।
हिँडडुलना. [हिँड्+डुल्] सुस्तरी यताउति हिँड्ने र घुम्ने काम; डुलफिर; घुमफिर ।
हिंसकवि. [सं.] १. हिंसा गर्ने; मार्ने; हत्यारो; घातक । २. मार्ने वा टोक्ने जातको (बाघ, भालु, सर्प आदि); हिंस्रक । ना. ३. अर्काको हिंसा वा निन्दा गर्ने व्यक्ति ।
हिंसाना. [सं.] १. प्राणीहरूको ज्यान लिने वा काटमार गर्ने काम; हत्या; वध । २. अरूलाई कुनै किसिमबाट पीडा दिने वा हानि पुर्याउने काम; अपकार ।
हिंसात्मकवि. हिंसाको भावना भएको; अरूको कुभलो गर्ने ।
हिंसालुवि. १. हिंसा गर्ने; मार्ने वा सताउने; हिंस्रक । २. हिंसा गर्ने प्रवृत्ति भएको ।
हिंस्यवि. हिंसा गर्न योग्य; मार्नुपर्ने वा मार्न सकिने ।
हिंस्रकवि. [सं.] १. हिंसा गर्ने वा मार्ने; हिंसक । ना. २. हिंसा गर्ने पशु; डरलाग्दो जनावर ।
हिउँना. [सं. हिम] प्राकृतिक ठन्डीले जमेको आकाश वा बादलमा रहने जलीय अंशको ठोस रूप; पहाडका टाकुरामा जमेको त्यसैको सेतो ढिका; हिम ।
हिउँ चितुवाना. सेतो शरीरमा कालो थोप्ला हुने, लामो पुच्छर र अलि सानो जिउ भएको, मांसाहारी समूहमा पर्ने प्रायः हिमाली भेगमा पाइने चितुवा ।
हिउँचुलीना. हिमालका चुचुराहरूको समूह; हिउँको चुली; हिमचुली ।
हिउँदना. [सं. हिमद] जाडो याम; नागपञ्चमीदेखि श्रीपञ्चमीसम्मका छ महिनाको समय ।
हिउँदेवि. [हिउँद+ए] हिउँदको; हिउँदमा हुने वा लगाइने ।
हिउँदे गहुँना. हिउँदमा खेतबारीमा लगाइने गहुँ बाली ।
हिउँदे बालीना. हिउँदमा हुने खेतीपाती; हिउँदमा लाग्ने तथा हिउँदमै पाक्ने बाली; नगदे बाली ।
हिकमतना. [अ.] १. कुनै काम गर्ने आँट; हिम्मत; साहस । २. कुनै समस्या समाधान गर्ने बाटो; उपाय; युक्ति । ३. चलाकी; बुद्धिमानी ।
हिकमतदारवि. हिकमत भएको; हिकमती; आँटिलो ।