वर्णक्रम खण्ड

हावापानीना. प्राणीको जीवन र स्वास्थ्यमा असर पार्ने स्थानीय हावा, पानी आदि प्राकृतिक पदार्थ; हावा र पानीको अवस्था; जलवायु । हावाबाजीना. प्रमाण, सबुत केही नभएको कुरो; उडन्ता खबर । हावा बिग्रेकोवि. पागल; विक्षिप्त । हासना. [सं.] १. हाँस्ने काम; हाँसो । २. उपहास; ठट्टा; दिल्लगी । ३. साहित्यमा हास्यरसको स्थायी भाव (यसका छ भेद छन्– स्मित, हसित, विहसित, अवहसित, अपहसित र अतिहसित) । ४. हास्यरस । ५. फक्रने वा फुल्ने काम । हास परिहासना. ठट्टा; दिल्लगी । हासिलवि. [अ.] १. पाइएको; उपलब्ध; प्राप्त । २. काम सिद्ध भएको; काम पूरा भएको; सफल । ना. ३. लाभ; प्राप्ति; उपलब्धि । ४. सफलता; सिद्धि । हास्यवि. [सं.] १. हाँस्न लायक; प्रहसनयोग्य । २. हँस्सी गर्न सुहाउँदो; उपहासयोग्य । ना. ३. साहित्यका नौ रसमध्ये एक रस; हास्यरस । हास्यजनकवि. हाँसोउठदो; नसुहाउँदो; नमिल्दो । हास्यरसना. साहित्यमा विकृत आकार, वेशभूषा, चेष्टा आदिबाट पैदा हुने, 'हास' स्थायी भाव भएको एक रस । हास्य व्यङ्ग्यना. १. छेडखानका साथै हाँसो उठाउने कामकुरो; हँसाउने र छेडपेच हान्ने काम; हास्य र व्यङ्ग्य । २. साहित्यमा यथार्थ तर अनुचित काम–कारबाहीमाथि हँसाउने गरी गरिने व्यङ्ग्य । ३. साहित्यमा विशेषतः कथा, कविता, निबन्ध आदिका माध्यममा प्रयोग गरिने एक शिल्प । हास्यास्पदवि. १. देख्दा हाँसो पैदा हुने; हाँसोउठदो । २. गर्न नहुने; लाजलाग्दो; निन्दनीय । हाहाना. [सं. हा (द्वि.)] १. चर्को स्वर गरेर हाँस्दा मुखबाट निस्कने आवाज; चर्को हाँसो । २. अरू कसैको निन्दा वा उपहास । ३. धेरै जनाको वेदनायुक्त आवाज; कोलाहल; हाहाकार । ४. ठुलो चोट; ज्यादै कष्ट; विपत्ति । ५. अत्त्याउने वा आत्तिने काम; डोहो; आच्छुआच्छु । ६. चराचुरुङ्गी आदिलाई धपाउने काम । ७. कुनै अभद्र काम नगर्न सम्झाउने शब्द । ८. अर्काको भनाइमा विना– सोचविचार लाग्ने काम; बहकाउ; लहैलहै । हाहाकारना. १. धेरै जनाको वेदनापूर्ण आवाज; आर्तनाद । २. ठुलो कष्ट; विपत्ति । हाहाहुहुना. १. सङ्गीतकलामा प्रसिद्ध गन्धर्वजातिका प्रमुख गायक; हाहा र हुहु नामका गन्धर्व । २. ठट्टामजाक; हँसीदिल्लगी; लहडबाजी । ३. हटाउने वा पन्छाउने आशय व्यक्त गर्ने शब्द । हाहु/हाहोक्रि.वि. [हाहा] जेनतेन गरी; कुनै तवरले पनि काम सिद्ध गर्ने चालसित; हाटहुट; हाहाहुहु । हिँगुवाना. लाम्चा पात हुने, हरियोमा निला र खैरा धर्का परेका पत्रदार फूल फुल्ने र हरियो खोक्रो फल फल्ने एक रुख; आयुर्वेदका अनुसार पेटको खराबी र स्त्रीको गर्भसम्बन्धी रोगमा फाइदा गर्ने त्यसैको फल । हिँडन्ता/हिँडन्तेवि. [हिँड्+अन्ता/अन्ते] खुब हिँड्न सक्ने; धेरै वा छिटोछिटो हिँड्ने; हिँडुवा । हिँडाइना. [√ हिँड् (+आइ)] हिँड्ने भाव, क्रिया वा प्रक्रिया । हिँडाइनुक.क्रि. हिँड्न लाइनु । हिँडाउनुस.क्रि. /प्रे.क्रि. १. चोरी गर्नु; अपहरण गर्नु । २. धेरै हिँड्ने पार्नु; हिँड्न लाउनु । ३. लैजानु; लानु ।