वर्णक्रम खण्ड
ह
हाराना. [हार्+आ] शब्दका पछि गाँसिएर विवशता, अभाव आदिको अर्थ बुझाउने शब्द । (जस्तो- हिम्मतहारा, मतिहारा, हुतीहारा इ.) ।
हाराबारावि. [√ हालाबाला] १. हायलकायल; हावाकावा । ना. २. गीत गाएर केटाकेटीको हात समाती घुमाइने एक खेल ।
हारालुछना. [हार+लुछ] तँछाडमछाड गरी बलैले कुनै वस्तु लिने काम; हर्ने र लुछने खालको टापटिप ।
हाराहारीक्रि.वि. [हार+हार] १. एकै लहरका सामुमा अर्को लहर हुँदै; एउटै पङ्क्तिमा; आमुन्नेसामुन्ने; सोझासोझी । ना. २. समान दुरी; समानान्तर ।
हारिनुअ.क्रि. [हार्+इ+नु] हार्ने होइनु; हार खाइनु ।
हारीवि. [सं.] १. खोस्ने; हरण गर्ने (जस्तो- मनोहारी) । २. चोर्ने । ३. माला भिरेको; हार लगाएको ।
हारीजितीक्रि.वि. सबै कुराको विचार गर्दा; आखिरमा । (उदा.- हारीजिती उनलाई खेत बेचेर घर बनाएको राम्रै भयो) ।
हार्दना. [सं.] १. हृदयभित्रको कुरा । २. अनुराग; प्रेम; स्नेह ।
हार्दिकवि. [सं.] हृदयमा रहेको वा हृदयबाट आएको; मनमनले गरिएको; स्वतः स्फूर्त(जस्तो- हार्दिक प्रेम, हार्दिक स्नेह, हार्दिक सहानुभूति इ.) ।
हार्दिकताना. १. हार्दिक हुनाको भाव, गुण वा स्थिति । २. मित्रता; प्रेम; स्नेह ।
हार्नुअ.क्रि. [सं. हार+नु] १. विपक्षीबाट पराजित हुनु; हार खानु । २. लाचार वा निराश हुनु; आस नरहनु । ३. खिन्न हुनु । स.क्रि. ४. कुनै खेल, बाजी आदिमा रुपियाँपैसा आदि गुमाउनु ।
हार्बिन/हार्मोनियमना. [अङ्. हार्मोनियम] तीन प्रकारका मन्द, मध्य र तारसप्तकमा स्वर निकाल्नका लागि ससाना पर्दाहरू जडिएको काठको फल्याकमा हावा भरेर औँला चाली बजाइने । सन्दुकका आकारको अङ्ग्रेजी बाजा ।
हालना. [अ.] १. अहिलेको समय; चालु समय; वर्तमान काल । २. अवस्था; दशा; परिस्थिति; हालत । ३. खबर; समाचार ।
हालआबादीना. झाडी, बुट्यान आदि फाँडी हालै आबाद गरिएको वा गर्न लायकको जग्गा; नयाँ आबादी ।
हालखबरना. १. समाचार; सन्देश । २. हालचाल; स्थिति; हालत ।
हालचालना. १. अवस्था; स्थिति; चालामाला । २. चालचलन; बानीबेहोर; आचरण ।
हालतना. [अ.] अवस्था; स्थिति; दशा; हबिगत ।
हालवालावि. [हाल+वाला] १. हाल रहेको; अहिले भएको; वर्तमान समयको । २. भर्खरैको; नौलो; नयाँ ।
हालसाबिकवि. [हाल+साबिक] १. अहिलेको र पहिलेको; हालको र साबिकको; नयाँ र पुरानो । नयाँ भर्ना भएको र बर्खास्त हुने; बहालवाला र अवकाशप्राप्त ।
हालसालक्रि.वि. [अ. हाल+साल] हिजोआज; अचेल; वर्तमान समयमा ।