वर्णक्रम खण्ड

हच्कनुअ.क्रि. [√ हट्+नु] १. डर, आशङ्का वा असमर्थताले गर्दा कुनै कामकुरोबाट पछि हट्नु; हच्किनु । २. अरू कसैको गाली वा हप्काइबाट काम गर्न छाड्नु; उत्साह मर्नु; आँट हराउनु । हच्काइना. हच्कने तथा हच्काउने भाव, क्रिया वा प्रक्रिया । हच्काइनुक.क्रि. हच्काउने काम गरिनु; दच्काइनु । हच्काउनुस.क्रि. १. विपत्ति वा त्रास देखाएर हतोत्साह पार्नु । २. दच्काउनु । हच्किनुअ.क्रि. १. हच्कने काम गरिनु; दच्किनु । २. हच्कनु । हच्कोना. हच्कने काम वा स्थिति; हच्काइ । हच्क्याइना. हच्किने भाव, क्रिया वा प्रक्रिया । हच्क्याहटना. हच्किने भाव, क्रिया वा अवस्था; हच्क्याइ । हजना. [अ.] मुसलमानहरू कावाको दर्शनका लागि मक्का जाने काम । हज कमिटीना. हज गर्न जानेहरूका लागि व्यवस्था मिलाउन गठन गरिएको कमिटी । हजमना. [अ. हज्म] १. खाएको वस्तु राम्रोसँग पच्ने काम; पाचन । २. भएभरको खाना खाइसिद्ध्याउने काम । ३. अनुचित तरिकाले वा बेइमानी गरेर अर्काको धन पचाउने काम; हडप । हजामना. [अ. हज्जाम] कपाल खौरने वा बनाउने पेसा भएको जाति; नाऊ; नापित । हजामतना. कपाल, दाह्री आदि कत्रने, खौरने वा बनाउने काम; क्षौरकर्म । हजारना. [फा.] १. दश सयको सङ्ख्या; १००० को अङ्क; चार अङ्कको न्यूनतम सङ्ख्या । वि. २. दश सय; सहस्र सङ्ख्याको । हजारन्वि. हजारौँ । हजाराना. धारा, फोहरा आदिको टुटीमा जडिएको धेरै ससाना छिद्र भएको साधन; हजारी । हजारियावि. १. धेरै हजार सम्पत्ति भएको; धनाढ्य । ना. २. सेठ; महाजन । ३. एउटै घारीमा थुप्रै मसिना कोसा फल्ने एक जातको केरा; घिउकेरा । हजारीना. फूलबिरुवालाई पानी दिने चाल्नीदार टुटी भएको, बाल्टीभन्दा सानो, मगका आकारको भाँडो; हजारा । हजारौँवि. १. धेरै हजार; हजारन्; सहस्रौँ । २. निकै धेरै; अनगन्ती; असङ्ख्य । हजुरना. [अ. हुजूर] १. ठुलाबडा वा मान्य जनलाई सम्बोधन गर्दा भनिने शब्द । २. मान्य जनले बोलाउँदा प्रत्युत्तरमा भनिने शब्द । ३. मान्य जनसँग कुरा गर्दा वा सही थाप्दा प्रयोग गरिने शब्द । सर्व. ४. मान्य वा ठुलाबडा व्यक्तिलाई बुझाउने शब्द ।