वर्णक्रम खण्ड
ह
हाडेजिउना. हाड देखिने जिउ; खबटे जिउ ।
हाडेबयरना. केही लाम्चा र बाटुला पात, हरिया ससाना फूल र थोरै गुदी हुने राता गोल फल फल्ने काँडादार बोट वा त्यसैको फल ।
हाडेलसुनना. लसुनका जस्ता पोटी र पात हुने रातापहँला छिर्का परेका फूल फुल्ने बोट वा त्यसैको फल ।
हाडैहाडना. [हाड+हाड] धेरै हाड; हाडहाडको मात्र भाग वा अंश ।
हातना. [प्रा. हत्थ] १. शरीरको कुमदेखि औँलाका टुप्पासम्मको अवयव; कुहुनादेखि वा हर्थुङ्गादेखि औँलासम्मको अङ्ग; बाहुली; बाहाँ; बाहु; हस्त । २. कुइनादेखि माझी औँलाको टुप्पासम्मको लामो नापो; आधा गजको परिमाण । ३. अख्तियार; अधिकार; पहुँच । ४. तास, कौडा आदि खेलको पटक; चोटि । वि. ५. दुई बित्ताको; आधा गज नापो भएको ।
हातकट्टुवि. हात काटिएको वा नभएको; डुँडो ।
हातको मयलना. १. केही समय हातमा रहेर जाने तुच्छ कुरा (दामपैसाका निम्ति प्रयुक्त) ।
हातको सफाइना. १. अरूका आँखा छलेर गरेको चोरी वा ठगी । २. त्यसरी आँखा छल्ने हातको चलाखी ।
हातजोडीना. १. हातका पन्जाका आकारको जरो, हाडे लसुनका जस्ता पात हुने र घोगाका आकारका फूलमा मरिचजत्रो कलेजी दाना लाग्ने, प्रायः हिमालमा पाइने बुटी वा त्यसैको जरो; पाँचऔँले ।
हातपातना. १. अनुमति वा इच्छाविना वासनापूर्तिका लागि पुरुषले स्त्रीमाथि हात हाल्ने काम; बलात्कार । २. कुट्ने र पिट्ने काम; कुटपिट ।
हात मिसामिसना. परस्परमा हात छोड्ने काम; हातहालाहाल ।
हातमुखना. १. काम गर्ने हात र खाने, बोल्ने मुख; हात र मुख । २. जीवननिर्वाहको साधन (जस्तो- हातमुख–जोराइ) ।
हातलागीना. कुनै वस्तु आफ्नो अधिकारमा आउने काम; आम्दानी; प्राप्ति । २. गणितको क्रियामा दशथानी सङ्ख्याको अन्तिम अङ्क लेखेर बाँकी रहेको सङ्ख्या; गुणन, भागाहार आदिमा आएको लब्धिको एकाइ, सङ्ख्या लेखेर बचेको दहाइ आदि सङ्ख्या ।
हातसार/सारी/सारोना. हातहातै सारेर पूरा गरिने काम; धेरै जनामा एकपछि अर्को लाग्दै पूर्ण हुने पालैसितको कामगराइ ।
हातहतियारना. १. खुँडा, भाला, बन्दुक आदि हतियारको समूह; शस्त्रास्त्र । २. कर्मीको काम गर्ने साधन; ज्याबल; औजार ।
हात हालाहालना. परस्परमा हात हाल्ने काम; पिटापिट ।
हाताना. [अ. इहात] १. निजी वा सङ्घसंस्था आदिको भवनको चौघेरा; घेरा; गिर्दा । २. जिल्ला; प्रान्त; प्रदेश ।
हाताहातीक्रि.वि. [हात+हात] लगत्तै; हातहातै; तुरुन्तातुरन्ती (लेनदेन, खरिदबिक्री आदि) । हातलागी भएको वा हातमा परेको ।
हातेवि. [हात+ए] १. हातमा लिएर उपभोग गरिने; हातको लायक । २. हातसम्बन्धी; हातको । ३. कलिलैमा पाडाबाछा मरेर हातैले पघारी दुध दुहिने; हतुवा (गाई–भँसी आदि) । ना. ४. तासको खेलमा थप तास नथुतीकन बाँडेकै तासबाट बाजी जित्ने काम; हाते माथ ।
हाते कम्पोजना. मुद्रण गर्नका निम्ति केसबाट अक्षर टिपी हातले गरिने कम्पोज ।