वर्णक्रम खण्ड

हाइड्रोजनना. [अङ्.] उदजन । हाइबरावि.बो. [हाइ+बरो] अरू कसैलाई ठुलो सङ्कट पर्दा भनिने शब्द; बिचरा; कठै । हाइलम्फुवि. [हाइ+लम्फु] केही काम नलाग्ने; लट्ठू; लन्ठ; हलम्बू । हाइसन्च/हाइसन्चो/हाइसुक्खना. [हाइ+सन्च/सन्चो/ सुख] १. सबैतिरबाट कुनै प्रकारको चिन्ता नभएको स्थिति; शारीरिक वा मानसिक कष्ट नभएको अवस्था; खोजेको जस्तो आनन्द वा मजा । २. सामान्य सुखमा पनि मानिने सन्तोष । क्रि.वि. ३. आनन्दसँग; सुखसाथ । ४. सङ्कोच नमानीकन वा आज्ञा नलिएरै । हाईना. [सं. हाफिका] १. आलस्य, निद्रा आदिको आवेशबाट हुने आङ तन्काइ । २. शरीरलाई शिथिल बनाउने र मुख बाउने चेष्टाविशेष । हाई स्कुलना. [अङ्.] माध्यमिक विद्यालय; कक्षा दशसम्म अध्ययनअध्यापन गरिने पाठशाला । हाई—हाईवि.बो. [हाई (द्वि.)] १. चारैतिरबाट सुखसुविधा भएको स्थिति; क्रमशः सम्पन्न हुँदै गएको अवस्था । ना. २. प्रशंसा; तारिफ । हाउ१ना. [सं. हाव] १. स्त्रीजातिले आँखा, मुख, हात आदि नचाएर अरूलाई आकर्षण गर्ने चेष्टा; हाव । २. सङ्गीत, नृत्य आदिमा कुनै भाव अभिव्यञ्जित गर्नाका लागि गरिने अङ्गहरूको चेष्टा । हाउ२ना. [अ.मू.] केटाकेटीलाई डर देखाउन वा तर्साउनका लागि कल्पना गरिएको भयावह प्राणी । हाउ गीतना. बालक तर्साउन गाइने एक थरी गीत । हाउगुजीना. हाउ किरो । हाउडेवि. [हाउडो+ए] १. आफ्नो कामकर्तव्यमा भने चासो नराख्ने अरूसँग लिनेपाउने कुरामा चाहिँ ठुलो मुख बनाउने । २. ठुलो मुख भएको; धेरै खाने । स्त्री. हाउडी । हाउबुजीना. [हाउ+बुजी] हाउ किरो; हाउगुजी । हाउभाउना. [सं. हावभाव] हावभाव । हाउलिनुअ.क्रि. [हाउलो+इ+नु] धुम्मिनु; बादल लाग्नु; कुहिराले ढाक्नु । हाउलोना. १. कुहिरो; बादल । २. हुस्सु । हाकपारीना. [हाँक+पार्+ई] धाक वा फुर्तीदेखाउने काम; हाइँफाइँ; हाकहुक । हाकहुकना. [हाँक+हुङ्कार] कुनै काम अरूबाट सिद्ध गराउनका निम्ति लगाइने धाक वा फुर्ती; हाइँफाइँ; हो–हो । हाकाहाकीक्रि.वि. [हाँक (द्वि.)] कुनै कामकुरा भन्न वा गर्न असजिलो भए तापनि निःसङ्कोच तथा साहसपूर्वक प्रकट गर्न तम्सिएर; प्रत्यक्ष रूपमा; खुल्लमखुल्ला । हाकिमना. [अ.] आफ्ना मातहतका कर्मचारीको कामको रेखदेख गर्नाका साथै अड्डा वा कार्यालयको उचित व्यवस्था मिलाउने मुख्य व्यक्ति; कार्यालयको प्रमुख पदाधिकारी ।