वर्णक्रम खण्ड

हर्षबढाइँना. १. कुनै उन्नतिको काम हुँदा हर्षले मनाइने उत्सव; हर्कबढाइँ; खुसियाली । २. ठुलो खुसियालीमा बन्दुक, तोप आदि पड्काई गरिने उत्सव वा बढाइँ । हर्षमान्वि. हर्षित; दङ्गदास । हर्षातिरेकना. अत्यधिक हर्ष भएको स्थिति; चारैतिरबाट सुन्न पाइने हर्षको कुरो । हर्षाश्रुना. धेरै कालपछि प्रियजनसँग मिलन हुँदा आनन्दको उद्रेकले आँखाबाट निस्कने आँसु; प्रेमाश्रु । हर्षितवि. ज्यादै हर्ष अनुभव भएको; प्रसन्न; आनन्दित; पुलकित । हर्सन्दाना. [हर+सालिन्दा] भइपरी आउने कामकाजका निम्ति सरकारी ढुकुटीमा जगेडा राखिछोडिने रकम; अतिरिक्त कामका लागि छुट्ट्याइएको धन । हर्साना. [सं. अर्शस्] गुदद्वारको भित्रपट्टि खटिरो आउने र रगत बग्ने एक रोग; अल्काई; अर्श । हर्सेवि. हर्साको रोग लागेको । हलपिराहावि. [हल+पिराहा] हल वा साथीलाई नसहने; जोडालाई पिर्ने (पशु वा मानिस) । हलफुटाइना. [हल+फुटाइ] साथीसाथी फुट्ने–छुट्टिने काम । हल१ना. [सं.] १. खेतबारी जोतिने काठे साधन वा फलामे यन्त्र; हलो । २. एउटा हलाले दिनभरि जोतिने जमिनको एकाइ (जस्तो- एक हलको जग्गा, एक हलको मेलो इ.) । ३. एउटै हलामा नारिएका गोरुको जोडी । वि. ४. जोडा; युगल । (उदा.- ती दुई साथी एक हल भएका छन्) । हल२ना. [अ.] कुनै कठिन विषय, प्रश्न, समस्या आदिको समाधान; निराकरणको उपाय । हलका१वि. [प्रा. लहुके हलुको । हलका२ना. [अ. हलकः] छुट्ट्याइएको क्षेत्र; निर्धारित घेरो; वृत्त; परिधि । हलकारोना. [फा. हरकारे १. चिठीपत्र आदि घरघर बाँड्दै हिँड्ने हुलाकअड्डाको निम्नतहको कर्मचारी; हुलाकी । २. हुलाकी सिपाही । हलक्कक्रि.वि. [अ.मू. हलक्+क] बोटबिरुवा आदि छिटै बढ्ने वा हुर्कने गरी; छिटै सप्रने चालसित । हलगोरुना. [हल+गोरु] १. एउटै सोइलामा नारिने वा सँगसँगै जोतिने गोरु; जोडा गोरु । २. आपसमा प्रायः नछुट्टिने दुई व्यक्ति; जोडी; दौँतर । हलचलना. [हल+चल] १. हल्लने, चल्ने र चलबलाउने काम । २. जनतामा त्रास र आतङ्क फैलँदा हुने हल्लाखल्ला; खलबली; कोलाहल । हलधरना. [सं.] १. पुराणप्रसिद्ध वसुदेवका छोरा बलराम । २. हलो जोत्ने व्यक्ति; हली । वि. ३. हलो बोक्ने; हलाले जोत्ने काम गर्ने । हल न चलवि. [हल+न+चल] चल्न–चलमलाउन नसक्ने; रोगले शरीर हल्लाउनेसम्म क्षमता नभएको (व्यक्ति) ।