वर्णक्रम खण्ड

हर्खबढाइँना. हर्कबढाइँ । हर्चुलना. गाईबस्तुलाई घाँस खुवाइने एक प्रकारको बोटविशेष । हर्जाना. [अ. हर्ज] कुनै वस्तु नभइनहुने स्थिति; खाँचो; अत्यावश्यकता । हर्जानाना. [अ. हर्ज+फा. आन] कसैको धनमाल वा अन्नबाली नोक्सान भएमा सट्टामा दिइने धन वा वस्तु; क्षतिपूर्ति । हर्तावि. [सं.] १. हरण गर्ने; हर्ने । २. टाढा लैजाने । हर्ताकर्तावि. १. कुनै काम वा स्थानको प्रमुख (व्यक्ति); सर्वेसर्वा । ना. २. कुनै कामकुरो बनाउने र बिगार्ने वा खोस्ने र पूरा गरिदिने व्यक्ति । हर्ताधर्तावि. १. घरपरिवारको अभिभारा बोक्ने वा पालनपोषण गर्ने । ना. २. हालीमुहाली । हर्थुङ्गोना. [हात+थुङ्गो] हातको नाडीदेखि औँलाका टुप्पासम्मको भाग; हत्केलाका पछाडिपट्टिको भाग । हर्दिआँपना. [हर्दी+आँप] हलेदे आँप । हर्नना. [अङ्.] १. हावाको जोड पार्दा शब्द निस्कने ध्वनियन्त्र । २. सडकमा हिँड्ने पथिकलाई सचेत गराउन बस, कार, रिक्सा, टेम्पो आदि गाडीमा जडान गरिएको ध्वनिउत्पादक यन्त्र । ३. ध्वनियन्त्रबाट निस्केको आवाज । हर्नाठना. कुकुर्च्चा र पैताला फुट्ने र धाँजा फाट्ने एक प्रकारको रोग; हरिनास । हर्नियाँना. [अङ्. हर्निआ] अण्डकोषमा आन्द्रा झर्ने एक रोग । हर्नुस.क्रि. [सं. हरण+नु] १. अर्काको धनमाल लुटेर वा चोरेर लिनु; हरण गर्नु; खोस्नु । २. कसैले कुनै वस्तु पाउन लागेकोमा बाधा पार्नु । हर्नेवि. [हर्+ने] हरण गर्ने; खोस्ने । हर्नेभर्नेवि. बनाउन र बिगार्न सक्ने; खोस्ने र दिने; हरण तथा भरण गर्ने; हर्ताकर्ता । हर्पीना. [हर्पे] १. सानो हर्पे । २. हर्पे । हर्पेना. [प्रा. हडप्प] घिउ, तेल आदि हालिने काठको थेप्चो आकारको भाँडो; एक प्रकारको सिङमाङ; हर्पी । हर्फारबडीना. [सं. हरिपर्वरी] ससाना पात, पहँला फूल र अमलाजस्ता फल लाग्ने एक बोट वा त्यसैको फल; लवली । हर्षना. [सं.] चिताएको कुरो पुग्दा वा चाहेजस्तो कुनै काम बन्दा मनमा हुने आनन्द; प्रसन्नता; खुसियाली । हर्षगीतना. उत्सव आदिमा गाइने हर्षप्रधान गीत ।