वर्णक्रम खण्ड

हकदैयाना. दाजुभाइमा पाइने अंशको अधिकार; अंशबन्डा गर्ने अधिकार; अंश । हकबेहकना. कुनै वस्तुका विषयमा उजुरवालाको हक छ वा छैन भनी ऐनकानुनका आधारमा छानबिन गर्ने कामकुरो । हकवालावि. १. कुनै काम वा वस्तु आदिमा पूरै वा आंशिक स्वामित्व भएको; हकदार; अंसियार । ना. २. दाजुभाइमा कानुनअनुसार अंश खान पाउने सबभन्दा नजिकको व्यक्ति । हकसफाना. बिक्री, बन्धकी वा दानबकस भएको कुनै अचल सम्पत्ति हकवाला वा सन्धिसर्पन आदिको नाताले कानुनअनुसार फिर्ता लिने काम; बिक्री भइसकेको घरजग्गा आदि हकवालाले थैली बुझाई कानुनअनुसार आफ्नो बनाउने काम । हकार१ना. [सं.] ह–अक्षर; ऊष्म वर्गको चौथो वर्ण । हकार२ना. [सं. हक्क+कार] १. बोलाउने काम; आह्वान । २. सप्रन वा सुध्रनका लागि गरिने हप्काइ; फटकार । ३. तिरस्कार । हकारपकारना. हकार्ने र तर्साउने काम; डाँटफटकार । हकाराइना. हकार्ने भाव, क्रिया वा प्रक्रिया; हप्काइ । हकारिनुक.क्रि. हकार्ने काम गरिनु; हप्काइनु । हकारीभवनना. [सं.] महाप्राण वा यस्तै अन्य वर्णहरू रगडिएर निर्बल भई हकारमा हुने परिवर्तन (जस्तै- गभीर > गहिरो, द्वादश > बाह्र, ह्रद > दह आदि) । हकार्नुस.क्रि. [हकार+नु] १. ठुलो स्वरले बोलाउनु; चिच्च्याएर डाक्नु । २. गाली गर्नु; हप्काउनु; झपार्नु । हकिवि.बो. [हो+कि] कुनै कुरो ठिक वा साँचो होहोइन भनी सोद्धा गरिने शब्द; हो कि होइन; हगि । हकिकतना. [अ. हकीकत] १. वास्तविक वा तथ्य कुरो; यथार्थ भनाइ । २. नतिजा; परिणाम । हकिबना. [अ. अकीक] नाउँ कपेर औँठीमा जड्न र कचौरा, रिकापी आदि बनाउन प्रयोग हुने, प्रायः अरब मुलुकमा पाइने रङ्गदार साह्रो पत्थर (यसका भाँडामा विष पर्‍यो भने रङको परिवर्तन हुन्छ भनिन्छ) । हकिमना. [अ.] युनानी पद्धतिअनुसार चिकित्सा गर्ने वैद्य; युनानी डाक्टर । हकिमीना. १. हकिमको पेसा वा काम; युनानी चिकित्साशास्त्र । वि. २. हकिमसम्बन्धी; हकिमको । हकी१वि. [हक+ई] १. निर्भीक भएर तथ्य वा यथार्थ कुरा बोल्ने; हक्की । २. कसैसित नदब्ने; निर्भीक । हकी२ना. [अङ्.] टुप्पो घुमेको लट्ठीले सानो बल वा भकुन्डो खेलिने एक खेल । हकुवाना. [नेवा.] बोटैसमेत कुनिउँ लगाई गुम्स्याइएको धान; त्यसै धानको चामल । हक्क न बक्कवि. [(द्वि.) न+बक्क] १. उत्तरसमेत फर्काउन नसकी वाल्ल परेको; अकमकिएको । २. यसो न उसो ।