वर्णक्रम खण्ड
ह
हनाउनुप्रे.क्रि. हान्न लाउनु; हिर्काउनु ।
हनुना. [सं.] मुखभन्दा तल्लो अनुहारको भाग; च्यापु; चिउँडो ।
हनुमन्तेना. १. बालकको अन्नप्राशन गर्दा वैदिक विधिअनुसार हनुमान्को रूप लिएर भातप्रसाद खाने व्यक्ति । २. अनुचित रूपले वा अचाक्लीसँग खाने व्यक्ति; हन्तकाली । ३. काठमाडौँ उपत्यकामा भक्तपुरको दक्षिणतर्फ बग्ने एक खोलो ।
हनुमान्ना. [सं.] १. रामायणप्रसिद्ध रामभक्त एक वानर; वायुपुत्र; अञ्जनीकुमार । वि. २. ठुलो र लामो च्युँडो भएको । ३. बलवान्; वीर; शक्तिशाली ।
हनुमान् ढोकाना. काठमाडौँको वसन्तपुरस्थित मूल ढोकामा हनुमान्को मूर्तिरहेको प्राचीन राजदरबार वा त्यसकै मूलढोका ।
हन्कोना. [हन्+को] ज्वराको ताप वा तीव्र वेग ।
हन्टरना. [अङ्.] घोडा चढ्दा घोडाको गतिमा तीव्रता ल्याउन पिठिउँमा पिट्ने छालाको डोरी वा सिप्केनी; कोर्रा; चाबुक ।
हन्डरना. [प्रा. हणिर] कामकुरो गर्दैजाँदा परेको कष्ट; दैवी वा प्राकृतिक आपद; सास्ती; गोता; हैरानी (उदा.- बाउन्न हन्डर, त्रिपन्न ठक्कर -उखान) ।
हन्ड्याङहुन्डुङक्रि.वि. [अ.मू. हन्ड्याङ्+अ (द्वि.)] मालमत्ता, भाँडाकुँडा आदि यताको उता, उताको यता पार्ने अव्यवस्थित रूपले मिल्किने वा छोडिने गरी ।
हन्तकालीवि. १. जतिबेला पनि खाइरहने; जति खाए पनि नअघाउने; अगस्ती । २. असन्तोकी ।
हन्तकालेवि. हन्तकाली ।
हन्नक्रि.वि. [अ.मू. हन्+न] एकाएक ज्वराको ताप बढ्ने गरी ।
हन्बेर्नु/हन्बेर्नोना. [हात+बेर्+उ/ओ] १. तातेको भाँडो वा भाँडाको बिँड समात्ने हतियार वा झुम्रो (सनासो, लुँडो आदि) । २. फलामको काम गर्ने कालिगडहरूले आगो तह लाउने, टुप्पो घुमेको लामो ज्याबल । ३. बाध्यतावश संरक्षण दिनुपर्ने वस्तु वा व्यक्ति; घाँडो । ४. कुनै काम नलाग्ने व्यक्ति; हल्लौँडो ।
हपना. [अङ्. हब] पाङ्ग्राका बिचमा रहने फलाम वा काठको लामो डन्डी; धुरा ।
हपक्कक्रि.वि. [अ.मू. हपक्+क] हावा नचलेको बेलामा कडा गर्मी हुने गरी; गर्मी, राप आदि सहसा अनुभव हुने चालले ।
हपहपक्रि.वि. [अ.मू. हप्+अ (द्वि.)] १. ज्यादा गर्मीभएर गुम्सिने वा डाह हुने किसिमले; हपहपी । २. ठुलाठुला गाँस हालेर खाँदै; खपखप ।
हपहपती/हपहपीक्रि.वि. अझै हपहप हुने गरी ।
हपार्नुस.क्रि. [√ हकार्नु] १. बरालिने वा कामकुरो बिराउने मानिसलाई नराम्रोसँग गाली गर्नु; हप्काउनु; हप्की दिनु । २. ठुलो स्वरले टाढाबाट बोलाउनु; पुकार्नु; कौलास्नु ।
हपाराइना. हपार्ने भाव, क्रिया वा प्रक्रिया ।
हपारिनुक.क्रि. हपार्ने काम गरिनु ।