वर्णक्रम खण्ड

ह्वार्रह्वार्रक्रि.वि. लगातार ह्वार्र भएर । ह्वाङह्वाङक्रि.वि. [अ.मू. ह्वाङ्+अ (द्वि.)] १. बाघ, सिंह आदि गर्जने वा ठुलो स्वर गरी कुकुर भुक्ने किसिमसित । २. ठुलो खोलो कराएको आवाज सुनिने गरी । ना. ३. त्यस्तो गर्जाइ, भुकाइ वा कराइको आवाज । ह्वाङह्वाङी/ह्वाङह्वाङ्तीक्रि.वि. १. ह्वाङह्वाङको ठुलो आवाजका साथमा । २. घर, कोठा, दुलो आदि खाली वा खुला हुने गरी; छर्लङ्ङ देखिने चालसित; ड्वाङड्वाङती । ह्वाङ्ग/ह्वाङ्ङक्रि.वि. [अ.मू. ह्वाङ्–ग/ङ] १. एक्कासि कुकुर, बाघ आदि कराउने वा तिनले झम्टने किसिमसित । २. घर, कोठा आदि एकदम खुला रहने गरी; उदाङ्ङ । ३. ठुलो प्वाल परेर । ह्वातना. [अ.मू. ह्वात्+अ] पानी आदि तरल पदार्थ वा मसिनु अन्न दिने, पोख्ने वा मिल्काउने चाल । ह्वातततक्रि.वि. लेदो पदार्थ भएजति पोखिने वा खत्तिए जस्तै गरी; खततत । ह्वातह्वात/ह्वातह्वातीक्रि.वि. बारम्बार ह्वात शब्दका साथमा । ह्वात्तक्रि.वि. १. एकै खेपमा पोखिने वा खत्तिने चालसित । २. रुख, बिरुवा, मानिस आदि एकाएक बढेर । ३. कुनै काम झटपट गरिहाल्ने किसिमले । ह्वान्द्राङ्ङक्रि.वि. [अ.मू. ह्वान्द्राङ्+ङ] धातु आदिको ठुलो वस्तु खस्ता वा हावाको जोडले ढोका आदि लाग्दा आवाज आउने गरी । ह्वान्द्राङ्ङेवि. १. ह्वान्द्राङ्ङ आवाज निस्कने । २. निकै ठुलो; डँडाक; घ्वाँक । ह्वान्द्रेवि. [अ.मू. ह्वान्द्राङ+ए] आकार वा परिमाणमा निकै ठुलो; घ्वाँक । ह्वान्द्रेमुसोना. ठुलो जात वा आकारको मुसो । ह्वाप्पक्रि.वि. [अ.मू. ह्वाप्+प] १. ठुलो भाँडामा सानो वस्तु एकै चोटि पस्ने गरी । २. खाँदा ठुलो गाँस हालेर । ह्वाम्मक्रि.वि. [अ.मू. ह्वाम्+म] १. एकाएक हाम फाल्ने गरी; झ्वाम्म । २. खाँदा ठुलो गाँस हाल्ने चालसित । ह्वारह्वारक्रि.वि. [अ.मू. ह्वार्+अ (द्वि.)] १. ठुलो ज्वाला उठेर आगो बल्ने वा त्यसरी बल्दा शब्द आउने गरी । २. बेसरी पानी पर्ने किसिमसँग । ३. धेरै मानिस एकै मेसोमा पस्ने वा निस्कने गरेर । ह्वारह्वारी/ह्वारह्वार्तीक्रि.वि. अझै ह्वारह्वार भएर । ह्वार्लाङक्रि.वि. [अ.मू.] सिएको कपडा आदि छाँटकाँट नमिली ठुलो हुने किसिमले । ह्वार्लाङेवि. १. छाँटकाँट नमिलेको र भद्दा खालको; ठुलो (लुगा) । २. होस्ल्याङ; हुस्सु । ह्वार्लाङ्ङक्रि.वि. १. ठुलो वस्तु खस्ने, भट्कने वा त्यस्तो हुँदा आवाज निस्कने गरी । २. अग्लो ठाउँबाट खस्ने वा फाल हाल्ने चालसित । ह्वालह्वालक्रि.वि. [अ.मू. ह्वाल्+अ (द्वि.)] पानी आदि तरल पदार्थ प्रशस्त बगिरहने वा बगिरहँदा शब्द निस्कने प्रकारसित ।