वर्णक्रम खण्ड
ह
ह्याइनुक.क्रि. [ह्याउ+इ+नु] ह्याउने काम गरिनु ।
ह्याउना. [हियो < सं. हृदय] १. आत्मबल; मानसिक बल । २. साहस; हिम्मत; आँट ।
ह्याउनुस.क्रि. [सं. हेय+नु] १. अपमान गर्नु; हेला गर्नु; तुच्छ ठान्नु । २. बेवास्ता गर्नु; हेप्नु ।
ह्याकुलोना. [सं. हृदयक्रोड, नेवा. ह्याकुला] छातीको अगिल्लो उठेको भाग; छाती ।
ह्याङ्गरना. [अङ्.] १. हवाईजहाज आदि राख्ने घर; विमानशाला । २. कोट आदि झुन्ड्याउने काठ वा तारको साधन ।
ह्युमना. [भो.ब.] लामाहरूको धर्मग्रन्थ ।
ह्युमपाइपना. [अङ्.] खहरे, कुलो आदिको पानी सडकको वार पार गराउन राखिने सिमेन्टको ढ्वाङ ।
ह्रदना. [सं.] प्राकृतिक रूपले पानी जमेको ठाउँ, ठुलो तलाउ; दह (जस्तो- नागह्रद) । २. ध्वनि; नाद । ३. किरण ।
ह्रस्ववि. [सं.] १. छोटो कदको; पुड्को; गान्टे । २. लामो नभएको; अपेक्षाकृत छोटो । ३. एक मात्राको वा एक मात्राकालमा उच्चरित हुने; लघु (अ इ उ ऋ स्वर) ।
ह्रस्वदीर्घना. ह्रस्व र दीर्घ; ह्रस्वदीर्घसम्बन्धी वर्णविन्यास ।
ह्रस्वीभवनना. दीर्घ स्वर ह्रस्व स्वरमा परिवर्तित हुने प्रक्रिया ।
ह्रासना. [सं.] १. कुनै व्यक्ति वा वस्तुको गुण, अस्तित्व, मात्रा आदि क्रमशः घट्तै जाने क्रिया वा स्थिति; न्यूनता; कमी । २. विनाश; क्षय; क्षीणता ।
ह्रासोन्मुखवि. ह्रास हुन थालेको; घट्दै गएको; पतनोन्मुख ।
ह्लादना. [सं.] प्रसन्नता; खुसीयाली; आह्लाद ।
ह्लादकवि. प्रसन्न गराउने; खुसी तुल्याउने; आह्लादक ।
ह्लासाना. [भो. ब.] तिब्बत स्वशासित क्षेत्रको राजधानी; ल्हासा ।
ह्वाँना. [अ.मू.] चर्को रूपमा रुँदा मुखबाट निस्कने आवाज ।
ह्वाँ ह्वाँक्रि.वि. डाँको छोडेर रुने गरी ।
ह्वाइना. [ता.] तामाङ जातिमा प्रचलित धार्मिक जात्रा र चाडपर्वमा गाइने प्रायः मानवसृष्टिसँग सम्बन्धित विषय भएको लोकगीत ।
ह्वार्रक्रि.वि. [अ.मू. हुर्> ह्वार्+र] १. दाउरा, बत्ती आदि बल्दा एकैबाजि ज्वाला उठने गरी; हुर्र । २. निकै जोडले पानी पर्ने किसिमसित ।