वर्णक्रम खण्ड

होमियोप्याथना. [अङ्.] होमियोप्याथी चिकित्साप्रणालीद्वारा उपचार गर्ने व्यक्ति । होमियोप्याथिकवि. होमियोप्याथीसम्बन्धी; होमियोप्याथीको । होमियोप्याथीना. रोगका उस्तै लक्षणहरू उब्जाउने पदार्थद्वारा नै कुनै रोगको निदान गर्ने सिद्धान्तमा आधारित एक पाश्चात्य चिकित्सा–प्रणाली । होमेवि. [होम+ए] १. होम गर्ने; हवन गर्ने । ना. २. होम गर्ने ब्रामणलाई निन्दा गरी भनिने शब्द । ३. पुरोहित; ब्रामण । होम्नुस.क्रि. [सं. होम+नु] १. यज्ञको अग्निकुण्डमा विधिपूर्वक मन्त्र उच्चारण गरी घिउ, चरु आदिको आहुति दिनु; होम गर्नु; हवन गर्नु । २. कसैलाई खतरनाक काममा अल्झाउनु; झोस्नु । होराना. [सं. युनानी भाषाद्वारा गृहीत] १. अहोरात्रको चौबिसौँभाग; एक घण्टाको समय । २. ज्योतिषशास्त्रका अनुसार जन्मकुण्डलीको ग्रहगति हेरेर शुभाशुभ फल बताउने विद्या, जातकशास्त्र । ३. जन्मपत्रिका; लग्नकुण्डली । ४. कुनै राशि वा लग्नको आधा भाग । ५. खेतबारी जोत्दा छेउ वा टुङ्गोमा पुगेपछि गोरु फर्काएर अर्को सियामा लगाउन हलीले भन्ने आज्ञावाचक शब्द । होरीना. [होली] फागु; होली; होलिकोत्सव । होलिकाना. [सं.] १. फागुन शुक्ल पूर्णिमाका दिन दहन गरिने चीर । २. होली; फागु । होली[सं. होलिका] १. फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म परस्परमा रङ छ्यापेर वा अबिर दली आनन्दका साथ मनाइने उत्सव; फागु; होरी । २. फागुका अवसरमा गाइने गीत वा त्यसको लय । होलोवि. १. श्रम, भार, पैसा आदि कम्ती पर्ने; सजिलो; सरल । २. भिडभाड नभएको; घुइँचो नभएको । ३. सजिलैसित कुनै वस्तु छिर्ने वा फुक्ने; खुकुलो । होलोखुकुलोवि. सजिलो र सन्चसुबिस्ताको । होलोमोलोना. होलोखुकुलो । होल्डरना. [अङ्.] १. नीब जडेर मसीमा चोबी लेख्ने कलम । २. तारसँग सम्बन्ध गराई बत्ती बाल्न बिजुलीको चिम अड्याउने साधन । होल्डालना. [अङ्.] यात्रा गर्दा वा परदेश जाँदा काममा ल्याइने बिछ्याउना, ओढ्ने आदि हाली गुन्टाजस्तो बनाएर बाँधिने ओछ्यानका छाँटको लामो थैलो । होसना. [फा. होश] १. चेतना; ज्ञान; सुद्धी । २. सम्झना; स्मरण; याद । ३. अक्कल; बुद्धि; समझ । होसहवासना. होस र अक्कल; बुद्धि र सुद्धी । होसियारवि. १. होस वा चेतना भएको; सचेत; सजग; सावधान । २. समझदार; बुद्धिमान् ३. चलाख; धूर्त । होसियारीना. १. होसियार हुनाको भाव, गुण वा अवस्था; सावधानी; सचेतता । २. चतुर्‍याइँ, चलाखी । ३. समझदारी; बुद्धिमानी । होस्टेना. धेरै जना मिलेर कुनै गह्रौँ वस्तु उचाल्दा, तान्दा वा ठेल्दा एकसाथ बल लगाउन हौसला दिने बोली; गुहार; सहायता । होस्टेहँसेना. समान सहायता; एकनासको बल ।