वर्णक्रम खण्ड

हैमन्तिकवि. [सं.] हेमन्त ऋतुको; हेमन्तसम्बन्धी । हैमीवि. [सं.] १. सुनको । २. सुनौला रङको (प्रभा आदि) । ३. हेमन्त ऋतुको; हैमन्तिक । हैरानवि. [अ.] १. छक्क पार्ने तथा उदेकलाग्दो कामकुरा बेहोर्नु परेर आत्तिएको; दिक्दार; वाक्क । २. हिँड्दा, घुम्दा, खोज्दा आदि कारणले व्याकुल । ३. थाकेको; थकित; क्लान्त । हैरानीना. १. दिक्दारी; खिन्नता । २. थकाइ; पीडा । ३. धपेडी; धामा । हैसियतना. [अ.] १. सामाजिक तथा आर्थिक स्तर वा योग्यता; सामर्थ्य; शक्ति । २. मानमर्यादा; इज्जत; प्रतिष्ठा । ३. धनसम्पत्ति । हैसियतदारवि. सामाजिक प्रतिष्ठा वा आर्थिक स्थिति दह्रो भएको; सम्पन्न । हैसियतवालावि. हैसियतदार । हो किवि.बो. [हो+कि] सम्भावना जनाउने वा सन्देह र साक्ष्यको सूचना गर्ने पदावली (उदा.- ऊ घर आएको हो कि । त्यो कुरा हो कि होइन थाहा छैन) । हो होइनवि. [हो+होइन] १. साह्रै कम्ती; नजानिँदो । २. साँचोझुटो पर्गेल्नुपर्ने । ना. ३. सकारात्मक वा नकारात्मक शब्द; अँ तथा नाइँ । हो१अ.क्रि. [√ हु] १. 'हुनु' क्रियाको आज्ञार्थीभाव बुझाउने शब्द । (उदा.- तँ यस्तै खराब हो) । निपा. २. स्वीकृतिसूचक वा सन्तोष जनाउने अव्ययशब्द; अँ । (उदा.- हो, तिमीले केही महिनाअघि भने जस्तै नतिजा देखियो) । हो२सम्बो. [सं.] हे; ए (प्रायः शब्दका अन्तमा, जस्तै- भाइहो! साथीहरूहो! इ.) । होइनुअ.क्रि. [हु+इ+नु] मौजुद रहिनु; विद्यमान रहिनु; भइनु । होक्काँ/होक्राँक्रि.वि. [सं. हुङ्कार] १. साँढे वा बहर डुक्रने किसिमसँग । ना. २. त्यस्तो डुक्राइको शब्द । ३. लड्नका निम्ति सुर्‍याइँसाथ दिइने हाँक; जोरीखोजाइ । होक्राङना. [सं. हुङ्कार] १. बाघको शब्द वा गर्जन । २. होक्काँ; होक्राँ । होक्राङेना. १. सानो खालका बाघको एक जात । वि. २. होक्राङ गर्ने । होचाइना. [होचो+आइ] होचो हुनाको भाव वा अवस्था; होचोपन । होचिनुअ.क्रि. [होचो+इ+नु] १. अर्को वस्तुभन्दा कम उचाइको हुनु; होचो हुनु । २. नीचो हुनु; कमजोर हुनु । होचीना. [होचो+ई] होचोको स्त्रीरूप वा लघुरूप । वि. होचो भएकी; पुड्की । होचीअर्घेलीना. १. केही अज्ञान र केही बिराम । २. न्याय र अन्याय । होचोवि. [सं. ह्रस] १. उच्चाइमा कुनै अर्कोभन्दा कमको; अग्लो नभएको । २. सानो कदको; पुड्को (व्यक्ति) । ३. निर्धो; कमजोर ।