वर्णक्रम खण्ड
ह
हेलचक्र्याइँ/हेलचेक्रयाइँ/हेलच्याँक्रीना. [सं. हेला+चक्र+याइँ] १. जरुरी कामकुरामा पनि ध्यान नदिने प्रवृत्ति; उपेक्षा; बेवास्ता । २. हेप्ने काम वा बानी; अटेर्याइँ ।
हेलत्वना. [हेलाँ] हेलाँ; अपमान ।
हेलनना. [सं. हेला हेला । (उदा.- सीता हर्नु थिएन हेलन गरी सीताजि हर्नूभयो ।- भानुभक्तीय रामायण) ।
हेलमेलना. [हिल+मिल] १. मेलमिलाप; मिलजुल; हिलमिल । २. बसाउठी; सङ्गत ।
हेलम्बुना. [भो. ब.] नेपालको सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगमा रहेको, पर्यटन व्यवसायका दृष्टिले प्रसिद्ध रमणीय स्थान ।
हेलाँना. [सं. हेला] १. हेला; तिरस्कार; अपमान । २. बेवास्ता; उपेक्षा ।
हेलाना. [सं.] १. कसैको स्थान वा पदअनुसार आदर नगर्ने काम; अनादर; अपमान । २. बेवास्ता; उपेक्षा । ३. धृष्टतापूर्वक आँखा, हात आदि नचाएर क्रीडा व्यक्त गर्ने स्त्रीको चेष्टा । ४. क्रीडा; केलि ।
हेलिकोप्टरना. [अङ्. हेलिकप्टर] माथितिर लामा पङ्खा हुने, आकाशमा एकै ठाउँ केही बेर स्थिर पनि रहन सक्ने, उड्न र बस्न धेरै ठाउँ नचाहिने एक विमान ।
हेलिनुक.क्रि. [हेल्+इ+नु] १. हेल्ने काम गरिनु । अ.क्रि. २. नदी, खोलो आदिको वेग विचारै नगरी वा पारी तर्ने डरै नमानी पानीको भेलमा पस्नु । ३. एक्कासि युद्ध, सङ्घर्ष आदिमा लाग्नु; होमिनु ।
हेलीमेलीवि. [हेल+मेल+ई] १. हेलमेल भएको; मेलमिलाप देखिएको २. मिलनसार ।
हेलैक्रि.वि. [हेला+ऐ] सजिलैसँग कुनै झन्झट नभईकन; सहजै ।
हेल्नुस.क्रि. [सं. हेलन+नु] १. गाईभँसी, घोडा आदिलाई खोलो वा नदी तार्नका लागि पानीको भेलमा पसाउनु । २. हुल्नु; पसाउनु ।
हेल्याइना. [हेलि+याइ] हेलिने भाव, क्रिया वा प्रक्रिया ।
हँसाना. अंश; भाग । (उदा.- भाइभाइमा बाँडिने भाग अंशको हँसा हो) ।
हँसेना. १. कुनै गह्रौँ वस्तु धेरै जना मिलेर उचाल्दा, ठेल्दा, तान्दा वा पल्टाउँदा बल मिलाउन बोलिने बोली; सहयोगी स्वर । २. सहयोग । ३. कामको भाग ।
हैवि.बो. १. कतै टाढाबाट बोलाउँदा प्रत्युत्तरमा भनिने शब्द; हँ । निपा. २. जे भन्ने हो, भनिसकेपछि विशेष अनुनय वा प्रार्थना जनाउन वाक्यका अन्तमा प्रयोग गरिने शब्द । (उदा.- तिमी त साँच्चै लोभी रहेछौ है) । ३. सावधान हुँदा वा कुनै काम कुराको मन्जुरी गराउँदा भनिने शब्द । (उदा.- यस्तो काम नबिर्सीकन गरिदिनूहै) ।
हैकमना. [अ. हुक्म] १. अह्रोट; हुकुमत; तैनाथ । २. अनुशासन; नियन्त्रण; अदब । ३. प्रभाव; दबदबा । ४. नियन्त्रण; कब्जा ।
हैकमवादीवि. हैकम चलाउने; प्रभुत्ववादी ।
हैजाना. [अ. हैजः] तारन्तार दिसा र वमन भइरहने एक सङ्क्रामक रोग; विसूचिका; उपरतली; कलेरा ।
हैमवि. [सं.] १. सुनको; स्वर्णसम्बन्धी । २. हिउँको; हिउँसम्बन्धी ।