वर्णक्रम खण्ड

हुर्‍याइना. १. हुत्तिने भाव, क्रिया वा प्रक्रिया । २. हुत्त्याउने भाव वा क्रियाप्रक्रिया । हुर्‍याइनुक.क्रि. वेगसित मिल्काइनु । हुर्‍याउनुस.क्रि. १. वेगसित मिल्काउनु वा फ्याँक्नु; हुर्‍र्‍याउनु । २. मन नपरेको वस्तु हटाउनु । ३. कुनै व्यक्तिलाई उसको स्थान वा पदबाट हटाउनु । हुइयाँ/हुइयाना. [अ.मू.] १. स्याल कराउँदा सुनिने शब्द; स्यालको आबाज । २. नचाहिँदो खबर; हल्ला; अफबाह । हुकुमना. [अ. हुक्म] १. आदेश । २. आफूभन्दा ठुला व्यक्तिको आज्ञा । ३. प्रभुत्व; अख्तियार । ४. खेल्ने तासका चार रङमध्ये एक; सुरथ । हुकुम प्रमाङ्गीना. हुकुम भएका कुराहरू लेखिएको कागत; हुकुमको निकासा । सङ्क्षे.- हु. प्र) । हुकुमतना. १. अधिकार; प्रभुत्व; आधिपत्य । २. शासन; राज्य; सलतनत । हुकुमीवि. [हुकुम+ई] १. राजाज्ञासम्बन्धी । २. हुकुमको; हुकुमसम्बन्धी । ३. हुकुममा चल्ने । हुकुमी शासनना. १. हुकुमबाट चल्ने शासन । २. नेपालमा राणापरिवारले चलाएको १०४ (१९०३–२००७) वर्से शासन । हुक्कक्रि.वि. [अ.मू. हुक्+क] १. हिक्का वा बाडुली लाग्ने गरी । २. वमन हुने गरी; हुलुक्क । हुक्काना[अ. हुक्का] नरिवल, धातु आदिका भाँडामा सुमेरु घुसारिएको, धुवाँ पानीमा छानिएर आउने खालको, तमाखु खाने साधन । हुक्केवि. राजामहाराजा र धनीमानीका घरमा तमाखु भरी खुवाउन नियुक्त भएको (व्यक्ति वा नोकर) । हुक्रनुअ.क्रि. [सं. हुङ्कार+नु] १. चर्को डाँकोले कराई हप्काउनु; हकार्नु । २. साँढे कराउनु; क्रनु । हुक्राइना. हुक्रने भाव, क्रिया वा प्रक्रिया । हुक्रिनुअ.क्रि. हकारिनु । हुङ्कारना. [सं.] १. कुनै व्यक्तिलाई हप्काउन वा तर्साउन गरिने 'हुँ' शब्द; हप्की गर्ने शब्द । २. घमन्डसाथ चिच्याउने काम; गर्जन । ३. हाँक; ललकार । ४. धनुको आवाज; टङ्कार । हुचिलना. [गुहे+चिल] लाटोकोसेराका अनुहारको ठुलो चरो; गुहे चिल । हुच्चक्रि.वि. [अ.मू. हुच्+च] उत्तानो हात गरेर वेगसित कुनै वस्तु हुत्त्याउने गरी; हुत्त । हुच्चनुस.क्रि. [हुच्च+नु] १. दुवै हात उत्तानो पारेर कुनै वस्तु मिल्काउनु; हुत्त्याउनु । २. कुनै चिजलाई लट्ठी, डन्डी आदिले मिल्काउनु; हुच्चिनु । ३. पैसाको निसान गरेर खोपी खेल्नु । हुच्चन्तीना. डन्डीबियोको खेलमा बियो हुच्चने लट्ठी; डन्डी ।