खोज नतिजा

“सकल”

20 सम्म नतिजा देखाइएको छ।

AI सहायता — सम्भावित अर्थ

यो शब्द आधिकारिक शब्दकोशमा प्रत्यक्ष प्रविष्टिका रूपमा भेटिएन। चाहनुहुन्छ भने AI बाट सम्भावित अर्थ सोध्न सक्नुहुन्छ।

परिभाषामा मिलेको

सक

ना. [सं. शक्ति] कुनै काम पूरा गर्न सक्ने सामर्थ्य वा बल; शक्ति (उदा.- घरमा सकले भ्याउने काम सबले गरिदिए दुःख हुँदैन) ।

पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको

चौकी

ना. [चौको+ई] १. सानो खालको वेदी; चौकाको सानो रूप । २. सुरक्षा गर्ने प्रहरीहरू बस्ने ठाउँ वा अफिस । ३. छोटी अड्डा । ४. बस्नका निम्ति बनाइएको चार खुट्टा भएको फलँचा । ५. सुरक्षाका निम्त बसेका मान्छे । (उदा. - सकल वन उखेल्दै चौकि सम्पूर्ण मार्‍या) । ६. चुलावरिपरिको बस्ने ठाउँदेखि तलतिरको खान बस्ने ठाउँ । ७. साधारण खाट ।

पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको

सच्चा

ना. [प्रा. सच्च? सं. सत्य] १. जस्तो हुनुपर्ने उस्तै; जस्ताको तस्तो; साँचो । २. सकली व्यवहार भएको; चोखो । ३. न्यायोचित; मनासिब ।

पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको

प्रशासन पत्र

ना. इच्छापत्रहीन सम्पत्तिको प्रबन्ध गर्नका निम्ति प्रशासकलाई नियुक्त गरिएको, सर्वोच्च अदालत वा उच्च अदालतद्वारा जारी गरिएको आदेशपत्र ।

पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको

राजदया

ना. [सं.] १. मृत्युदण्डको सजाय पाउने गरी फैसला भएका अभियुक्तलाई राजा, राष्ट्रपति वा सर्वोच्च शासकले दिने क्षमा; सजायको आंशिक वा पूर्ण माफी । २. राजाद्वारा दिइने अभयदान ।

पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको

सद्दे

वि. [सं. सद्यः] १. नबिग्रिएको वा नयाँ; जस्ताको तस्तो । २. टुटफुट नभएको; सग्लो; सिङ्गो । ३. मिसोट नभएको; साँचो; सकली । ४. बिरामी नभएको; तन्दुरुस्त; निरोगी । ५. दोष वा बिराम नभएको; निर्दोष ।

पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको

सग्लो

वि. [सं. सकल+ओ] सबै कला, भाग वा अवयवले पूर्ण भएको; टुटफुट नभएको; सिङ्गो । (उदा.– घर मात्र अग्लो भएर के गर्नु; भाँडाकुँडा चाहिँ एउटै सग्लो छैन) । स्त्री. सग्ली ।

पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको

स्त्रीलिङ्ग

ना. १. नारीत्व बुझाउने चिह्न (स्तन, स्वरमधुरता आदि) । २. व्याकरणका पुलिङ्ग, स्त्रीलिङ्ग, नपुंसकलिङ्ग आदि लिङ्ग व्यवस्थामध्ये स्त्रीत्व बुझाउने लिङ्ग । ३. नारी जातिको जननेन्द्रिय; योनि ।

पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको

अस्त्र

ना. [सं.] १. फ्याँकेर प्रहार गरिने हतियार; क्षेप्यास्त्र (भाला, बाण आदि) । २. मन्त्रबलद्वारा प्रयोग गरिने हतियार; दिव्यास्त्र । ३. शत्रुबाट प्रहार गरिएको हतियार रोक्ने ढाल आदि । ४. चिकित्सकले चिरफार गर्ने हतियार ।

पूरा प्रविष्टि हेर्नुहोस् →