वर्णक्रम खण्ड
ह
हिमकल्पना. पुरातत्त्वशास्त्रका अनुसार हिमयुगको समस्त भाग; आजभन्दा लगभग दश लाख वर्षपूर्वको समय; पूर्वहिमानीको अन्तिम समयमा प्रारम्भ भएर हिमान्युत्तर समयभन्दा पूर्वको समय ।
हिमचिमना. [(द्वि.)+चिन्] चिनाजानी; जानपहिचान; बसाउठी ।
हिमचुलीना. हिमशिखर; हिउँचुली ।
हिमतालना. [सं. हिम+फा. तालाव] हिमाली क्षेत्रमा भएका हिउँका ताल ।
हिमनदना. [सं.] हिउँले बनेको नदी; हिउँ बग्ने खोलो ।
हिमनदीना. चुचुरामा हिउँको भार धेरै भई पहाडको सतहदेखि नै खसेर तलतिर बग्न थालेको हिउँ; हिमनद; अति चिसो पानी हुने नदी ।
हिमपातना. [सं.] पानी पर्ने प्रदेशमा ज्यादै जाडो भएर हिउँ बर्सने काम; जाडो याममा लेकतिर हुने हिउँको पतन ।
हिममलेवाना. [सं. हिम+मलेवा] नेपालको लेकाली भेगमा पाइने मलेवा चरो ।
हिममानवना. [सं.] हिमालमा बस्ने, मनुष्यका आकारको प्राणी; यति; सोक्पा; याँठे ।
हिमयुगना. [सं.] पुरातत्त्वशास्त्रका अनुसार हिमकल्पका विभिन्न हिमानी (प्रथम, प्रथम अन्तर, द्वितीय, द्वितीय अन्तर, तृतीय, तृतीय अन्तर र चतुर्थ) समयमध्ये कुनै एक समय; सम्पूर्ण हिमानीसमय ।
हिमरेखाना. [सं.] हिउँ नपग्लिई सधँजमिरहने भूमिको सीमारेखा ।
हिमवान्ना. [सं.] १. हिमालय पर्वत । वि. २. हिउँ भएको ।
हिमशिखरना. [सं.] हिमचुली; हिउँचुली; हिमालय ।
हिमशिलाना. [सं.] हिउँको ढिका; बरफ ।
हिमशृङ्खलाना. हिमालय पर्वतका पङ्क्ति; हिमालयका श्रेणी ।
हिमशैलना. [सं.] हिमालय पर्वत ।
हिमांशुना. [सं.] १. चन्द्रमा । २. कपुर ।
हिमाइतना. [अ. हिमायते १. पक्षपात; हिमायत । २. बेवास्ता गर्ने भाव; उपेक्षा ।
हिमाइतीवि. १. पक्षपाती; हिमायती । २. उपेक्षा वा बेवास्ता गर्ने ।
हिमाइतेवि. हिमाइती ।