वर्णक्रम खण्ड

हानाहानना. [हान्+आ+हान्] १. एकले अर्कोलाई हान्ने वा प्रहार गर्ने काम; परस्परको मारपिट । २. हानथाप; प्रतिस्पर्धा; लुछाचुँडी । हानिना. [सं.] १. खेती, व्यापारव्यवसाय आदिमा भएको घाटा; नोक्सान; टुट्टा । २. दुःख पुर्‍याउने काम; कुभलो; अपकार । ३. खती; बर्बादी । हानिकरवि. नोक्सान गराउने वा गर्ने; हानि पुर्‍याउने । हानिकारकवि. हानिकर । हानिनोक्सानीना. घाटा वा नोक्सान भएको स्थिति; कुनै वस्तु हराएको वा नाश भएको अवस्था । हानिनुअ.क्रि. [हान्+इ+नु] १. वेगसित जानु; जोडले जानु । क.क्रि. २. कुनै वस्तुले हिर्काइनु । ३. काममा बाधा पारिनु । हानेफानेना. [हान्+फान्] १. फुर्तीसाथको कामगराइ; छिटोछिटो काम गर्ने चाल । २. हाइँफाइँ; लम्कीझम्की । हान्डहुन्डना. [हुन्डर (द्वि.)] कुनै वस्तु वा व्यक्तिलाई यताउता पारेर खलबल्याउने काम; हन्डाङहुन्डुङ । हान्नुस.क्रि. [सं. हन्+नु] १. हातहतियार, सिङ, मुक्का, लात्ती आदिले कसैमाथि प्रहार गर्नु; हिर्काउनु । २. काठ, ढुङ्गा आदिमा बन्चरो, घन, मुङ्ग्रो आदि चलाउनु; ठोक्नु । ३. घडी, घण्टा आदि बजाउनु । ४. दाउमा मार्ने उद्देश्यले कौडा, पासा आदि छाड्नु वा पैसा हार्नु । ५. स्त्रीसमागम गर्नु । ६. अर्काले उठाउने लाभमा हानि पुर्‍याएर आफ्नो लाभ वा हुँदो गराउनु । ७. छिटै हिँड्नु; टाढा मिल्काउनु वा आफल्नु (जस्तो- वेग हान्नु, ढुङ्गा हान्नु, जाल हान्नु इ.) । हापहापना. [अ.मू. हाप्+ (द्वि.)] १. फ्याउरो कराएको आवाज । क्रि.वि. २. उक्त आवाज निस्कने गरी । हापावि. [सं.] १. बढ्ता च्यातिएको मुख भएको; ठुलो मुख भएको । २. हाब्रे; खन्चुवा । ना. ३. बाँसको खबटो । हापुङ्ङक्रि.वि. [अ.मू. हापुङ्+ङ] १. बालकले मुख बाएर खाना खाने गरी (उदा.- को खाई को खाई नानी हापुङ्ङ खाई) । २. ना. त्यसरी खाने किसिम; खवाइ । हाप्पक्रि.वि. [अ.मू. हाप्+प] नचाहिँदो तरिकाले सुन्निने वा फुल्ने गरी; हुप्प । हाप्सिलोना. [सं. हाफिका > हाप्+सिलो] १. रातबिरात हापहाप गरी कराएर गाउँघरका आसपासमा घुम्ने र घारीहुँदो बस्ने फ्याउराका जातको एक हिंस्रक प्राणी । वि. २. ठुलठुला गाँस हालेर खाने; धेरै खाने; खन्चुवा । हाफवि. [अङ्.] आधा; अर्ध । हाफटिनना. लगभग एक पाथी पानी अटाउने टिनको भाँडो । हाबीना. [अङ्. हब्बी] रुचि; चासो; लगनशीलता । हाब्रेवि. [हाब्रो+ए] १. बेछाँटको ठुलो; ज्यादै भद्दा । २. चुबुरचुबुर खाइरहने; खन्चुवा । ३. मुख बढ्ता च्यातिएको; खाने मुख ठुलो भएको । हाब्रोना. १. बढ्ता च्यातिएको वा ठुलो मुख । २. तालुमनि र जिब्रोमाथि कलनासोसम्मको खाली ठाउँ; वर्णात्मक ध्वनि उच्चारण गर्दा सहायक मुखमार्ग । ३. थुतुने ओढार । हाम१ना. १. खाने वा गाँस हाल्ने काम; खबाइ (बालबोलीमा) । २. हाम्म ।