वर्णक्रम खण्ड

हाटना. [सं. हट्ट] १. तोकिएको बार वा समयमा गाउँहरूमा लाग्ने सानो बजार; अस्थायी दुकान । २. पसल; दुकान । हाटखोलाना. हाटबजार । हाटबजारना. तोकिएको दिनमा मात्र लाग्ने हाट र सधँभरि लाग्ने बजार । हाटबजार विकास आयोजनाना. कृषिमन्त्रालय, खाद्यकृषि–बजारसेवा विभागले भइरहेका हाटबजारको सुव्यवस्था गर्ने र तिनमा सुविधा प्रदान गर्ने उद्देश्यले मधेसको लाहान भन्ने ठाउँबाट आरम्भ गरेको एक कार्यक्रम । हाटहुटना. [अ.मू.] कुनै कामकुरो छिटै सिद्ध्याउनका लागि गरिने चलाखी र फुर्तीसाथको प्रयत्न; हाट्टहुट्ट; हाइँफाइँ । हाटहुटेवि. हाटहुट गर्ने; चलाखीसाथ छिटो काम गर्ने । हाटेवि. [हाट+ए] १. हाटको; हाटसम्बन्धी । २. हाट जाने । ना. ३. हाट भर्न जाने वा हाट भरेर फिर्ने मानिस । हाट्टहुट्टहाटहुट] हाटहुटको तीव्रतासाथ । हाडना. [सं. हड्ड] १. मानिस, पशुपक्षी आदिका शरीरभित्र रहने सात धातुमध्ये सबभन्दा कडा धातु; शरीरभित्र शरीरकै अङ्गका रूपमा रहने सेतो कडा पदार्थ; अस्थि; हड्डी । २. ओखर, काजु, बदाम आदि फलको कडा खपटो । ३. आँप, मुला आदि छिपिएर भित्र गुदी वा गुदीको आवरणमा जम्ने कडा जालो । हाडखोडना. शरीर सडेर पनि धेरै वर्षसम्म रहने हाड, खुर आदि वस्तु । हाडछालावि. १. हाड र छाला मात्र बाँकी रहेजस्तो; ज्यादै दुब्लो । ना. २. हाड र छाला । हाडनाताना. वंश–परम्परागत काल, जन्म वा विवाह आदिका सम्बन्धले एकै योनिको सम्बन्ध; नजिकको साइनु । हाडनाता करणीना. हाडनाता पर्नेसँग गरिने मैथुनकार्य; हाडनाताका स्त्रीपुरुषका बिच भएगरेको अनैतिक सहवास । हाडफोरा१ना. एक प्रकारको चरो । हाडफोरा२वि. हाडनातामा करणी गर्ने । हाडमासुना. १. हाड र मासु । २. असलकमसल वस्तुको मिल्दो अनुपात; यथायोग्य । हाडेवि. [हाड+ए] १. हाड भएको । २. हाड जस्तै कडा बोक्रा भएको; खपटे (ओखर, बदाम आदि) । हाडे उन्युना. छवालीका जस्ता कडा र गाढा कलेजी रङका छत्राकार डाँठ, दम्कन्नेका छाँटका नसादार पात हुने र बाल्दा पड्कने झाँगिएको जङ्गली झार । हाडेओखरना. कडा बोक्रा भएको भाइटीकामा प्रायः सर्जामका रूपमा लिइने ओखर; खपटे बोक्रा भएको र भित्रको गुदी खाइने एक मसला । हाडेगुडीना. 'हाडेगुडी हाडेगुडी यहाँ के छ?' भन्दै माउले सोध्ने र अर्कोले उत्तर दिँदै जाने, केटाकेटीले ताँती लागेर खेल्ने एक खेल ।