वर्णक्रम खण्ड

हाकिमीना. हाकिमको अवस्था, काम वा पद । हाकीना. [प्रा. हक्किअ] दुवै हात फैलाएर साना केटाकेटीलाई मायाले बोलाउने शब्द । हाक्कहुक्कक्रि.वि. हाकहुक] १. हप्काउने र तर्साउने गरी; चर्को डाँकोका भरमा प्रभुत्व जमाउन खोजेर । २. जसोतसो गरी मेलो सार्ने वा काम सक्ने चालसित । हाङायोना. [सं. हंसराज] धनेश चरो । हाच्छिउँ/हाँच्छ्युँना. [छिक्का] नाकभित्र केही पस्दा, नस हाल्दा वा अरू कुनै कारणले नाकबाट सासको झोक्का फुत्कँदा सुनिने शब्द; छिँक्ने काम; आच्छ्यूँ; छिउँ; छिँक । हाजाना. [नेवा.] सितो नजोडिएको फरफराउँदो भात; बफाएको भात । हाजिरवि. [अ.] १. अगाडि रहेको; रुजु; उपस्थित । २. प्रस्तुत; तयार । ना. ३. कुनै नियत स्थानमा उपस्थित हुने काम; उपस्थिति । हाजिरकापीना. हाजिर वा उपस्थिति जनाइने पुस्तिका; हाजिर गर्ने बही । हाजिर गोस्वाराना. सरकारी कर्मचारीको हाजिर लिने र काम गरेनगरेको लेखा राख्ने पुरानो एक अड्डा । हाजिरजमानीना. कुनै अपराध वा काम–कुरामा लागेको मानिस अड्डाले खोजेको बखत हाजिर गराउँला भनी बिचको मानिसले आफू जमानी भई लेखिदिने कागत । हाजिरजवाफवि. प्रश्नको आशयअनुसार तुरुन्त उपयुक्त उत्तर दिएर खेलिने खेल । हाजिरजवाफ प्रतियोगिताना. प्रायः विद्यार्थीवा अन्य इच्छुक व्यक्तिहरूका बिच कम्तीमा दुई थरी समूहविभाजन गरी सामान्यज्ञानसम्बन्धी छोटा प्रश्न सोधेर बुद्धिप्रखरताको मापन गर्ने प्रतियोगिता; सामान्यज्ञान प्रतियोगिता । हाजिरजवाफीवि. हाजिर जवाफ हुनाको भाव, गुण वा अवस्था । हाजिरवालाना. हाजिर गर्ने कर्मचारी; उपस्थिति लिने वा जाँच्ने व्यक्ति । वि. २. हाजिर भएको; उपस्थित । हाजिराना. [हाजिर+आ] हाजिर भएर काम गरेबापत पाइने ज्याला; पारिश्रमिक । हाजिरीना. [अ.] हाजिर हुने वा लिने काम; उपस्थिति । हाजिरी जवानना. हाल हाजिर रहेका मानिसको सङ्ख्या । हाजिरीजवाफना. सोध्नेबित्तिकै छिटो दिइने जवाफ; हाजिरजवाफ । हाजिरी फारामना. हाजिर गर्ने वा गरिएको कागत; प्रत्येक महिनाको अन्तमा कर्मचारीलाई तलब खुवाउनका लागि माथिल्लो कार्यालयमा पठाइने उपस्थितिविवरण । हाजीना. [अ.] हज गरेर आएको मुसलमान ।