वर्णक्रम खण्ड
ह
हाँडोचिन्डोना. हाँडाचिण्डा ।
हाँडोभाँडोना. १. हाँडी र भाँडाहरूको समूह; भएभरका भाँडाकुँडा । २. घरायसी कामका मालमत्ता; झिटीमिटी ।
हाँप्नुअ.क्रि. [सं. हाफिका+नु] १. गर्मीवा परिश्रमले छिटोछिटो लामो सास फेर्नु; स्वाँस्वाँ गर्नु; धक्नु । २. थुतुनाले फुँक्क गरेर हान्नु ।
हाँपझाँपना. १. हतारले हिँड्दा वा छिटछिटो दौडँदा थकाइले लामो सास फेर्ने काम; स्वाँफ्वाँ । २. मन परेको कुरा लिन वा खोस्नका निम्ति गरिने झम्टाइ । ३. साह्रै हडबडी वा हतपत ।
हाँपिनुअ.क्रि. हाँप्ने काम गरिनु ।
हाँसना. [सं. हंस] चेप्टो, फराकिलो चुच्चो र औँला नछुट्टिएको पन्जा हुने एक जातको मत्स्यजीवी जलीय पक्षी; परेवा वा कुखुरा जस्तै मासुका लागि घरमा पालिने, प्रायः हिलोमा र पानीमा खेल्न रुचाउने सोही चरो; हंस ।
हाँसको चिउराना. जमेको पानीमाथि तरजस्तो गरी लाग्ने चरीअमिलाका आकारका ससाना पात र त्यसकै तलतिर ससाना जरा देखिने झ्याउ; वारिपर्णी ।
हाँसखुट्टेना. हाँसका पन्जाका आकारका पात हुने, आयुर्वेदअनुसार खटिरा, रक्तदोष आदि नाश गर्ने एक जातको लहरो; हंसपदी ।
हाँसपोखरीना. १. हाँस बस्ने र चर्ने पोखरी । २. इलाम जिल्लामा रहेको यसै नामको एक डाँडो ।
हाँसिनुअ.क्रि. [हाँस्+इ+नु] हाँस्ने काम गरिनु ।
हाँसेना. [हाँसो+ए] आफू पहिले हाँसेर मात्र अरूलाई हँसाउने खालको अभिनेता ।
हाँसोना. [हाँस्+ओ] १. हाँस्ने काम; हास । २. कसैको बिगार वा परिहासमा निस्कने हँसाइ; उपहास; ठट्टा ।
हाँस्नुअ.क्रि. [सं. हास+नु] १. मुखको मुद्रा र कान्तिले हृदयको खुसी वा आनन्द प्रकट गर्नु; खुसीले मुखबाट शब्द निकालेर प्रसन्नता प्रकट गर्नु; हाँसो निकाल्नु; खित्का छाड्नु । २. खुसी हुनु; दङ्ग पर्नु । ३. अर्काको गिल्ला गर्नु; उपहास गर्नु ।
हावि.बो. [सं.] १. दिक्दारी, शून्यता, शोक, बिस्मात, घृणा आदि मनका भाव प्रकट गर्दा मुखबाट निस्कने शब्द । २. कसैले अनुचित कामकुरो गरेमा हप्काउनका लागि प्रयोग गरिने शब्द; निषेधसूचक शब्द ।
हार्रहुर्रक्रि.वि. [अ.मू. (द्वि.) हुर्+र] हारहुर ।
हाइँना. [√ हाँक] १. बोल्न सुरु गरेको बालकले शब्द टिप्न खोज्दा भन्ने शब्द । २. फाइँको अग्रक ।
हाइँफाइँना. कुनै काम सिद्ध गराउनका निम्ति झिकिएको फुर्तीवा धाक; फुइँफाइँ; हाकहुक ।
हाइवि.बो. [सं. हा] १. ठुलो मानसिक ताप वा शारीरिक कष्ट परेको वेलामा सन्ताप प्रकट गरिने शब्द; हाय । २. कसैलाई ज्यादै ठुलो कष्ट वा सन्ताप परेको देख्ता सहानुभूति र समवेदना दर्साउन प्रयोग गरिने शब्द; कठै । ३. अरूको उन्नति र प्रगतिमा प्रसन्नता जाहेर गर्न उच्चारण गरिने शब्द (उदा.- हाइ, कति राम्रो भाग्य!) ।
हाइडेलवर्ग मानवना. [हाइडेलवर्ग (स्थान)+मानव] नृतत्त्वशास्त्रका अनुसार जर्मनीको हाइडेलवर्ग नामक स्थानमा १९०७ इ. मा पहिलोपल्ट अश्मीभूत अस्थिअवशेषका रूपमा पाइएको नरवानर; आजभन्दा लगभग छ लाख वर्षपूर्वको मानव ।
हाइड्राना. [सं.] दुई मिलिमिटरदेखि बिस मिलिमिटरसम्मको लम्बाइ भएको, आठदशवटा हात भएको, जम्मा दुई तहले मात्रै शरीर बनेको, शरीरमा शत्रुको सामना गर्न चिल्ने थुप्रै आरा हुने, खोल्साखाल्सी र पोखरी आदिमा पाइने, झट्ट हेर्दा झारपातजस्तो देखिने एक जीव ।