वर्णक्रम खण्ड
ह
हलौ१ना. [अङ्.] फोन, ट्रङ्कल गर्दा वा कसैलाई भेट्दा सम्बोधन गरिने शब्द ।
हलौ२निपा. [हो+लौ] कुनै कामकुरामा स्वीकृति जनाउने शब्द; हुन्छ; लौ ।
हल्ना. [सं.] अन्तमा 'अ' स्वर नलागेका व्यञ्जनवर्णको मूल रूप; सो रूप देखाउन वर्णमुनि लगाइने छड्के रेखा ( ◌् ) भएको चिह्न (जस्तो- क्, ख्, ग्, घ्, ङ् इ.) ।
हल्कनुअ.क्रि. [हलक्क+नु] बोटबिरुवा आदि छिटै सप्रनु; हलक्क बढ्नु; लहलहाउनु ।
हल्कावि. [हलुका]+ओ हलुको; हलौँ ।
हल्काइना. [√ हल्क (+आइ)] हल्कने भाव, क्रिया वा प्रक्रिया ।
हल्काइनुक.क्रि. हल्काउने काम गरिनु; हलक्क बढाइनु ।
हल्काउनुप्रे.क्रि. हलक्क बढाउनु; लहलहाउने पार्नु ।
हल्काफुल्कावि. [हलुका+फुल्का] १. हलुको खालको । २. पथ्य (खाना) ।
हल्किनुअ.क्रि. [हल्क+इ+नु] हलक्क बढिनु ।
हल्टवि. [अङ्.] १. काम रोकिने स्थिति भएको । २. अवरोध उत्पन्न भएको । (उदा.- तिमी नआएर हाम्रो कामै हल्ट भयो) । वि.बो. २. विशेषतः सैनिक वा प्रहरीले पालोपहरा बस्ता कुनै मानिस देखेर निजलाई रोक्नका निम्ति भन्ने शब्द ।
हल्पीवि. [फा. हलबे (देश)+ई] पहिले हलब देशमा तयार भएको वा असल जातको (ऐना) ।
हल्पी ऐनाना. असल जातको एक प्रकारको ठुलो ऐना ।
हल्लक्रि.वि. [अ.मू. हल्+ल] १. धेरै मानिस एकैसाथ खित्का छाडेर हाँस्ने गरी; धक फुकाएर । २. छाद्ने वा बान्ता गर्ने गरी ।
हल्लखल्लना. [हल्ला+खल्ला] चारैतिर फिँजिएको हल्ला; खलबल; हल्लाखल्ला ।
हल्लनटट्टी/हल्लनटट्टु/हल्लनटाटवि. [हल्लने+टाट] १. काम न काजसँग यताउति चहारिरहने; हल्लनदास । २. भएभरको सम्पत्ति सिद्ध्याएको; टाट उल्टेको; हरिकङ्गाल । ३. मरन्च्याँसे; खुइटे; ज्यादै दुब्लो । ना. ४. केही नभएको व्यक्ति; ज्यादै गरिब मानिस ।
हल्लनदासवि. [हल्लन+दास] काम न काजसित त्यसै हल्लिरहने; हल्लेरै दिन काट्ने; लखौटे ।
हल्लनुअ.क्रि. [सं. हल्लन+नु] १. हावाको वेगले वा आफ्नै शक्तिले यताउति चल्नु; चलमलाउनु; झुल्नु; हल्लिनु । २. लगलग, लुगलुग, डगडग, थरथर आदि चालसित काम्नु; कम्पन हुनु । ३. आफ्नो ठाउँबाट डग्नु; चल्नु । ४. काम न काजसित यताउति हिँड्नु; लरखरिनु । ५. डराउनु; हप्किनु ।
हल्लन्ताम्वि. [हल्ल+अन्ताम्] कामकाज नभएको; हल्लेरै दिन बिताउने; हल्लनदास ।
हल्लाना. [सं. कोलाहल] १. अलिअलि गर्दैफैलिएको वा नजानिँदो किसिमले बिस्तारै फिँजिएको राम्रो वा नराम्रो अपुष्ट खबर; अपत्यारिलो समाचार; घुइरो । २. टाढाबाट सुनिने व्यक्तिगत वा सामूहिक आवाज; चर्को स्वर । ३. धेरै जना कराएको आवाज; कोलाहल; खलबल; भाँडभैलो ।