शब्दकोश प्रविष्टि

हल्लनु

अ.क्रि.
  1. हावाको वेगले वा आफ्नै शक्तिले यताउति चल्नु; चलमलाउनु; झुल्नु; हल्लिनु ।

  2. लगलग, लुगलुग, डगडग, थरथर आदि चालसित काम्नु; कम्पन हुनु ।

  3. आफ्नो ठाउँबाट डग्नु; चल्नु ।

  4. काम न काजसित यताउति हिँड्नु; लरखरिनु ।

  5. डराउनु; हप्किनु ।

व्युत्पत्ति

[सं. हल्लन+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059541
मुद्रित पृष्ठ
1336