वर्णक्रम खण्ड
ह
हलुङवि. [हलुङ्गो] हलुको ।
हलुङ्कसीक्रि.वि. हलुङ्गो चालसित; बिस्तारै । (उदा.- मनको भुमरो हलुङ्कसी प्रभुको पाउसरोजमा पसी - लेखनाथ, 'लालित्य') ।
हलुङ्गोवि. [√ हलुको] हलुको; हलौँ ।
हलुवाना. [अ. हल्वा] गहुँको पिठो वा सुजी घिउमा भुटी सखर, चिनी आदि मिलाएर दुधमा वा घिउ र चास्नीमा पकाइएको नरम खाद्य पदार्थ; मनभोग ।
हलुवाईना. [अ. हल्वा+ई] हलुवा, लड्डु, पेडा आदि मिठाई बनाउने र बेच्ने पेसा भएको व्यक्ति वा जाति; मिठाई बेच्ने पसले; हलवाई ।
रोटीना. मिठाई ।
हलुवाबेत/हलुवाबेदना. [अ. हल्वाए+फा. बेद] कडाकडा पात, सेता फूल, राता, मझौला खालका गुलिया फल हुने एक रुख वा त्यसैको फल ।
हलेवि. [हलो+ए] १. हलगोरु जोत्ने; हली । २. नेपालमा कृषकका तीन श्रेणी (हले, कोदाले र सुकुम्बासी)–मध्ये एक ।
हलेकोदालेवि. १. हलाले जोत्ने र कोदालाले खन्ने । २. हलगोरु हुने र कोदालाले खनेर मात्र दुःखजिलो गर्ने ।
हलेदेवि. [हलेदो+] १. हलेदोजस्तो; हलेदोको रङको । ना. २. हलेदो हुने ठाउँ ।
हलेदे आँपना. आँपको जस्तो गन्ध आउने र अचार बनाएर खाइने एक जातको हलेदो; हर्दिआँप ।
हलेदोना. [सं. हरिद्रा] सर्वदाका जस्ता ठुलठुला पात हुने, तलैतला परेका सेता वा पहँला फूल फुल्ने, अदुवाको आकारको, तितो टर्रो भावको पहँलो कन्द हुने, एक जातको बोट वा सुकाएर बेसार बनाइने त्यसैको कन्द ।
हलेपाखोना. [हले+पाखो] हरेक रोपनीमा सरदर पन्ध्र पाथी अनाज पैदा हुने असल खालको पाखो ।
हलेबीजना. [हले+बीज] बीजनप्रणालीमा तिरो लगाउनका लागि कायम गरिएको एक हल गोरुबाट जोत्न मिल्ने जग्गा ।
हलेसाना. 'नाचनी' नामको नृत्यभित्र पर्ने एक थरी राग ।
हलेसोना. [सं. हारीत] हरियो गर्धन र गर्धनमनिको भाग प्याजी रङको हुने, टाउको निलो र पखेटा तथा पुच्छर फुस्रो रङको भएको, परेवाजत्रै एक जातको चरो ।
हलोना. [सं. हल] गोरु, राँगा आदिले तानेर खेतबारी जोत्ने फाली, अनौ, हरिस, जुवा र जोतारो भएको साधन; हल; हर ।
हलोजुवाना. जोत्ने हलो र हलामा गोरु नार्ने जुवा ।
हलोजोता/जोताहाना. हलो जोत्ने व्यक्ति; हली; हरुवा ।
हलौँवि. [हलुङ्गो] हलुङ्गो; हलुको ।