वर्णक्रम खण्ड

हम्काहम्कीना. १. गाईबस्तुले मानिसलाई वा गाईबस्तुलाई नै हान्न खोज्ने क्रिया । २. परस्परमा पङ्खा आदि हम्कने काम । हम्किनुक.क्रि. हावा चलाउनाका लागि पङ्खा आदि हल्लाइनु । हम्कोना. [हम्क+ओ] १. पङ्खा आदिले हम्केको हावाको वेग । २. गाईभँसी आदिले हानेजस्तो टाउको हल्लाउने काम । ३. प्रभुत्वको भाव । हम्कोझम्कोना. १. हम्कोसाथैको हल्लाइको वेग । २. हान्ने र हाँफ्ने क्रिया । ३. प्रमुखताको भाव वा प्रदर्शन; बडप्पन । हम्मेना. [अ.मू. हाम्म+ए] कठिनाइ; गाह्रो । हम्मेहम्मेक्रि.वि. गाह्रोगाह्रो भएर; बल्लतल्ल । हम्मेसिक्रि.वि. [फा. हमेश] १. सितिमिति; हत्तपत्त । २. एकाएक; सहसा । ३. सधँ; हमेसा । हयना. [सं.] १. घोडा; अश्व । २. देवराज; इन्द्र । हयग्रीवना. १. विष्णुका चौबिस अवतारमध्ये एक । २. घोडाको जस्तो टाउको भएको एक दानव । हर१ना. [प्रा.] १. शरीरको काँधदेखि फिलासम्मको पिठिउँको भाग । २. शरीरको ढाडनसासहितको अगलबगलको भाग । ३. पछाडिको फिलाको जोर्नीर आसपासको भाग । हर२ना. [सं.] १. महादेव; शिव । २. गणितको भिन्न राशिमा भाग दिने सङ्ख्या; भिन्न गर्दा अंशभन्दा मुनिको सङ्ख्या । ३. नुहाउने काम; स्नान (बालबोलीमा) । वि. ४. जबर्जस्ती गरी लिएर जाने; हरण गर्ने; चोर्ने । ५. नाश गर्ने; नष्ट पार्ने । ६. कुनै शब्दका पछिल्तिर गाँसिएर नाश गर्ने, शान्त गर्ने आदि अर्थ बुझाउने उत्तरपद (जस्तो- कष्टहर, रोगहर, दुःखहर आदि) । हर३ना. [सं. हल] खेत जोत्नका लागि प्रयोग गरिने साधन; हलो (तराई प्रदेशमा) । हर४ना. [फा.] केही नामवाचक शब्दको अगाडि रही त्यसका सबै एकाइसँग सम्बन्ध रहेको कुरा बुझाउने शब्द; प्रति (जस्तो- हरव्यक्ति, हरघडी आदि) । हर एकवि. प्रत्येक; एकएक; हरेक । हरकना. नाक खिहिर्‍याउने गन्ध; नमिठो गन्ध; सडेगलेका वस्तुको दुर्गन्धको वेग । हरकट्टाना. फेदैबाट लामालामा उत्तिसका जस्ता पात निस्कने र बिचका डाँठका टुप्पामा सेतो भुवा भएका पहँला फूल फुल्ने सुगन्धी जरा हुने, आयुर्वेदअनुसार घाउखटिरा आदिलाई शमन गर्ने एक झार । हरघडीक्रि.वि. [हर+घडी] जुनसुकै बेला पनि; हरबखत; हमेसा; निरन्तर । हरणना. [सं.] १. अर्काको धनमाल जबरजस्ती लिने काम; खोस्ने काम । २. चोरी; अपहरण । ३. हटाउने वा निर्मूल पार्ने काम (जस्तो- रोगहरण, दुःखहरण आदि) । हरतरहना. [फा. हर+तरह] १. नाना किसिम; अनेक तरह । २. धेरै उपाय । हरताल१ना. [हार+ताल] पासा, कौडी आदि जुवामा लगातार तिरिरहनुपर्ने दाउ; तिरताल; हारताल ।