वर्णक्रम खण्ड
ह
हतौडाना. [हतौडो+आ] हतौडोको तिर्यक् रूप ।
हतौडीना. [हात+औडी] १. श्राद्ध, यज्ञ, पूजा आदि गर्दागराउँदा अँगालिने सिप वा मेलो; हत्यौडी । २. सुन, चाँदी आदि पिट्ने सानो घन; मुङ्ग्रो ।
हतौडोना. [हात+औडो] ढुङ्गा आदि फोर्ने वा तातो फलाम आदि पिट्ने ठुलो घन; होत्रो ।
हत्वि.बो. [धत्] चित्त नबुझेका कुरामा कसैप्रति उपेक्षा, तिरस्कार, घृणा आदि प्रकट गर्दा वा हप्काउँदा भनिने शब्द; धत् ।
हत्केलोना. [सं. हस्ततल] हर्थुङ्गा र औँलाका फेदका माझको गहिरो ठाउँ; उत्तानो पार्दा माथि पर्ने हर्थुङ्गोको माथिल्लो भाग ।
हत्त न पत्तक्रि.वि. [(+न. हत्तपत्त] एकदम हतारिँदै; चटाकसँग ।
हत्तपत्तक्रि.वि. [प्रा. हत्थ (द्वि.)] १. छिटो; चाँडो । २. सितिमिति; हतपती ।
हत्त र पत्तक्रि.वि. [हत्त (+र) पत्त] हतारिँदै; छिटोछिटो ।
हत्ताजोडीना. [हात+जोड+ई] दुई हात जोल्टिए झँ गरी उम्रने एक प्रकारको जङ्गली बुटी ।
हत्तिनीना. [प्रा. हत्थिनी < सं. हस्तिनी] पोथी हात्ती; हतिनी; ढोई ।
हत्तिनुअ.क्रि. [प्रा. हत्थ+इ+नु] हातलागी हुनु; हातमा पर्नु; हस्तगत हुनु ।
हत्तीवि. [हात+ती] सङ्ख्यावाचक शब्दका पछाडि लागेर हातको परिमाण बुझाउने शब्द (जस्तो-दोहत्ती, त्रिहत्ती आदि) ।
हत्तुवि. [हात+तू] काम नलाग्ने; गए–गुज्रेको; बेफ्वाँकको ।
हत्तेना. [सं. हत्या] १. कसैको ज्यान लिने वा कसैलाई मार्ने काम; हत्या; हिंसा । २. ज्यान मार्दा लाग्ने अपराध; ज्यान मारेको पाप । ३. जोडपूर्वकको आसक्ति; चर्को रूपको उक्साइ ।
हत्ते हलाइना. [हत्ते+हाल्+आइ] हत्ते हाल्ने भाव, क्रिया वा प्रक्रिया ।
हत्ते हलानना. [हत्ते+हाल+आन] हत्ते हाल्ने वा ज्यादै ढिपी गर्ने काम; ठुलो जिद्दी ।
हत्तेरीवि.बो. [धत्+तेरो+ई] जरुरी कामकुरो बिर्सेमा वा बिग्रेमा खिन्नता, विस्मय, धिक्कार आदि भाव व्यक्त गर्न प्रयोग गरिने शब्द; धत्तेरी ।
हत्तेरोवि. [हत्ते+एरो] १. हत्या गर्ने; जीवहिंसा गर्ने; हत्यारा । २. बदमास; दुश्चरित्र; साइँदुवा । ३. एकोहोरो जिद्दी गर्ने; हत्ते हाल्ने; हठी; जिद्दीवाल ।
हत्तेहालावि. [हत्ते+हाल्+आ] आफूलाई चाहिने कामकुरामा हुरुक्क भएर धर्ना कस्ने; हत्ते हाल्ने ।
हत्याकाण्डना. [सं.] कानुनविपरीत वध गर्ने क्रियाकलाप; मान्छेको हत्यासँग सम्बन्धित कामकुरो ।