वर्णक्रम खण्ड

हड्पिनुस.क्रि. हड्पनु । हड्याइना. [√ हड्याउ (+आइ)] हड्याउने वा धरपकड गरेर लिने क्रिया वा प्रक्रिया । हड्याइनुक.क्रि. धरपकड गरेर लिइनु । हड्याउनुस.क्रि. [सं. हठ+याउ+नु] लिनुपर्ने धनमाल आदि धरपकड वा जोरजुलुम गरेर लिनु; धड्नु । हड्याङबड्याङ/हड्याङहुडुङना. [√ हडबड] १. साह्रै हडबडसित काम गर्दाको चाल; हड्याङहुडुङ । २. हुन्डर । हण्डाना. [सं.] १. धातु, माटो आदिको ठुलो घ्याम्पो । २. निम्न जातकी स्त्री । हण्डाचिण्डाना. माटाका भाँडा र तुम्बी; लौका आदिका भाँडा । हण्डीना. [सं.] १. मझौला कसौँडीका आकारको माटाको भाँडो; हाँडी । २. सरकार वा अन्य सङ्घसंस्थाबाट जोगीहरूलाई नियमित रूपले दिइने सिधा; सदाबर्त । हतवि. [सं.] १. ज्यान लिइएको; मारिएको । २. घाइते पारिएको । ३. उत्साह भङ्ग भएको । हतकवि. १. मृत; मरेको; मुर्दा । २. तुच्छ; नीच; अधम । हतकडीना. [हात+कडी] कुनै अभियोगमा समातिएका व्यक्ति वा सजाय पाएका कैदीलाई भाग्न नदिन नारीमा लगाइने फलामे कडी वा बाला । हतचेत/हतज्ञानवि. [सं.] १. चेतना हराएको; बेहोस । २. सुद्धी हराएको । हतपतना. [√ हत्तपत्त] कुनै कामकुरो छिटै सिद्ध्याउनका निम्ति हतारिने चाल; हडबड; हतार । हतपताइना. हतपताउने भाव, क्रिया वा प्रक्रिया । हतपताइनुअ.क्रि. हतपत गरिनु । हतपताउनुअ.क्रि. १. हतपत गर्नु; हतारिनु । २. कुनै काम गर्न चञ्चल हुनु । हतपतिनुअ.क्रि. हतारिनु । हतपतीक्रि.वि. १. हतपत गरेर; चाँडो । २. सितिमिति; हत्तपत्त । हतपतेवि. हतपत गर्ने बानी भएको; हडबडे; चटपटे । हतप्रभवि. [सं.] १. प्रभा वा कान्ति नष्ट भएको; श्रीहीन । २. परास्त ।