वर्णक्रम खण्ड
ह
हडप्नुस.क्रि. [प्रा. हडप्प+नु] अरूको धनमाल वा सम्पत्ति हडप गर्नु; पचाउनु ।
हडप्पाना. भारतको सिन्धुप्रदेशमा रहेको, प्राचीन सभ्यता र संस्कृतिका थुप्रै भग्नावशेष भेट्टिएको एक प्रसिद्ध जनपद ।
हडबडना. [प्रा. हड्ड+बड्ढ] १. काम छिटै नसकिएला कि भनी अत्यासले हुने मनको चञ्चलता; हतपत; चटारो; हतार; हडबडी । २. हतारमा काम सक्नुपर्ने बाध्यता; आत्तुरी; समयको कमी ।
हडबडाइना. हडबड गर्ने भाव, क्रिया वा प्रक्रिया; हतार ।
हडबडाइनुअ.क्रि. हडबड गरिनु ।
हडबडाउनुअ.क्रि. १. हडबड गर्नु; हतारिनु; चटपटाउनु । २. आत्तिनु; घबडाउनु ।
हडबडिनुअ.क्रि. हडबड गर्नु; चटारिनु ।
हडबडीना. हडबड ।
हडबडेवि. हडबड गर्ने; चटपटे; अस्थिर ।
हड्कनुस.क्रि. [हटक+नु] कुनै कामकुरो गर्नबाट रोक्नु; निषेध गर्नु; मनाही गर्नु ।
हड्काइना. हड्कने भाव, क्रिया वा प्रक्रिया ।
हड्काइनुक.क्रि. हड्कन लाइनु; रोकाइनु ।
हड्काउनुप्रे.क्रि. हड्कन लाउनु; रोकाउनु; हच्काउनु ।
हड्किनुक.क्रि. हड्कने काम गरिनु ।
हड्खाइँना. [हाड+खाइँ] १. आगामा पिल्स्याउने वा झुल्स्याउने काम । २. हाड तताउने ज्वरो ।
हड्डीना. [सं. हड्ड] १. हाड; अस्थि । २. मुला आदि छिप्पिएका वस्तुमा हुने गुदीभित्रको साह्रो अंश । वि. ३. हाड मात्र भएको; साह्रै दुब्लो; सिट्टी ।
हड्पनुस.क्रि. [हडप+नु] अर्काको धनमाल, सम्पत्ति आदि हाकाहाकी लिनु वा लिएर फिर्ता नदिनु ।
हड्पाइना. हड्पने भाव, क्रिया वा प्रक्रिया ।
हड्पाइनुक.क्रि. हड्पन लाइनु ।
हड्पाउनुप्रे.क्रि. हड्पन लाउनु ।