वर्णक्रम खण्ड

हेड क्लर्कना. मुख्य कारिन्दा । हेड क्वाटरना. सेना वा सैनिक सङ्गठनको केन्द्रीय कार्यालय । हेड गुरु/पण्डितना. मूल गुरु; प्रधान अध्यापक (पहिले–पहिले संस्कृत पाठशालामा प्रचलित) । हेड मास्टरना. प्रधान अध्यापक । हेड लाइटना. मोटर, रेल आदिमा अगिल्तिर जडिएको बत्ती; अग्रदीप । हेतुना. [सं.] १. कारण; प्रयोजन । २. लक्ष्य; उद्देश्य; अभिप्राय । ३. कारणलाई नै कार्यका रूपमा वर्णन गर्दा पर्ने एक अर्थालङ्कार । ४. तर्कशास्त्रअनुसार कुनै सिद्धान्त स्थिर हुने युक्ति; साधन । हेतुवादना. १. प्रत्येक कुराको हेतु खोज्ने वा तर्क गर्ने नैयायिक मत । २. नास्तिकवाद । ३. तर्क; विवाद । हेतुवादीवि. हेतुवादको अनुयायी । हेत्वाभासना. निष्कर्षमा कारण नभए पनि कारण जस्तै देखिने स्थिति; कारणहीन तथ्यमा कारणको आभास आउने एक नैयायिक सिद्धान्त । हेत्वापह्नुतिना. साहित्यमा उमपेयका निषेधको कारण देखाएर उपमानको प्रस्थापन गरिँदा हुने अपह्नुति अलङ्कारको एक भेद । हेप्नुस.क्रि. १. कसैको डर, धाक, अदप आदि नमान्नु; अटेर्‍याइँ गर्नु । २. बल, बुद्धि अवस्था आदिमा अरूलाई आफूभन्दा तलको ठान्नु; अपमान गर्नु; हियाउनु । ३. थिचोमिचो गर्नु; दबाउनु । ४. बेवास्ता गर्नु; हेला गर्नु । हेपाइना. हेप्ने भाव, क्रिया वा प्रक्रिया । हेपाइनुक.क्रि. हेप्न लाइनु । हेपाउनुप्रे.क्रि. हेप्न लाउनु । हेपाहावि. हेप्ने बानी भएको; नटेर्ने; हेपुवा; मिचाहा । स्त्री. हेपाही । हेपिनुक.क्रि. हेप्ने काम गरिनु । हेपुवावि. हेपाहा । हेमना. [सं.] १. सुन; स्वर्ण; सुवर्ण । हेमगिरिना. सुमेरु पर्वत । हेमन्तना. [सं.] १. छ ऋतुमध्ये पाँचौँ ऋतु; मङ्सिर र पुस महिनाको ऋतु । २. जाडोयाम; हिउँद ।