वर्णक्रम खण्ड

हृदाकाशना. [सं.] हृदयरूपी आकाश; हृदय । हृदना. [सं.] हृदय; मन । हृद्गतवि. [सं.] १. हृदयमा रहेको; मनमा गढेको । २. आन्तरिक; भित्री । हृद्यवि. [सं.] १. अति मन परेको; प्यारो । २. हृदयसम्बन्धी; हार्दिक । ३. सुन्दर; मनोहर । ४. मिठो; स्वादिष्ठ । हृषीकेशना. [सं.] १. इन्द्रियहरूका स्वामी मानिने विष्णु । २. श्रीकृष्णको एक नाम । ३. भारतको हरिद्वारनजिकै उत्तरपूर्वमा रहेको एक प्रसिद्ध तीर्थ । हृष्टवि. [सं.] खुसी भएको; प्रसन्न; हर्षित । हृष्टपुष्टवि. १. बलियो र मोटो; मोटोघाटो । २. प्रसन्न र स्वस्थ । हेवि.बो. [सं.] कसैलाई बोलाउँदा नामको अगाडि लगाइने अव्यय; सम्बोधनसूचक शब्द; ए । हँगाना. [भोज.] रोपाइँका बेलामा गोरुद्वारा तानेर खेतको हिलो सम्म्याउने काठको बाक्लो र लाम्चो फलेक; लिँडुल्को । हँडिकना. [हँट (मग.)+डिक] १. बन्धकी राखिएको जग्गा वा वस्तु । २. एउटाले भोगबन्धकी खाइरहेको जग्गा, अर्काले रुपियाँ तिरी ल्याएको पछिको तमसुकमा भिडिने पहिलो तमसुकको कागत । हँहँना. [अ.मू. हँ (द्वि.)] हीँहीँ । हेइना. [√ हे] भँसीलाई बोलाउँदा भनिने शब्द । हेका/हेक्काना. [प्रा. हडक्क] १. स्मरणशक्ति; स्मृति; सम्झना; याद । २. हृदय; मन । हेगुवाना. ऐँसेलुको जत्रै बोट, मयलका जत्रा र अलि फुस्रा पात हुने एक बोट । हेङ्गाना. माछाको एक जात । हेटना. [प्रा. हेट्ट] १. तलको ठाउँ; छिँडी । २. पर्वतको फेदी; खुँज; कछार । हेटानपहाडको फेदी; खुँज । हेटौँडाना. १. पर्वतको पुछारको ठाउँ । २. नारायणी अञ्चलको एक प्रसिद्ध औद्योगिक क्षेत्र । हेडवि. [अङ्.] १. प्रधान; मुख्य । ना. २. टाउको; शिर । हेड आफिसना. प्रधान कार्यालय ।