वर्णक्रम खण्ड
ह
हूना. हे. हु ।
हूण/हूनना. [सं.] १. कैयन्पल्ट भारतको पश्चिमोत्तर सीमामा आक्रमण गर्ने, प्राचीन एक म्लेच्छ जाति । २. सम्भवतः हूणकै देशमा प्रचलित स्वर्णमुद्रा ।
हूलना. हे. हुल ।
हृतवि. [सं.] १. हरण गरिएको; खोसिएको । २. चालै नपाइने गरी झिकिएको; चोरिएको । ३. मुग्ध पारिएको; मोहित ।
हृतिना. हरण गर्ने क्रिया वा भाव; हरण; खोसाइ ।
हृत्कम्पना. [सं.] हृदयको कम्पन; मुटुको धुकधुकी वा चाल ।
हृत्केन्द्रना. [सं.] हृदयको मध्य भाग; हृदय ।
हृत्तन्त्रीना. [सं.] हृदयरूपी तन्त्री वा वीणा; हृदयमा बज्ने तार ।
हृदयना. [सं.] १. प्रायः सबै प्राणीको शरीरमा छातीभित्र बायाँतिर हुने, स्पन्दनद्वारा शरीरभरिका नाडीहरूमा शुद्ध रगत फिँजाउने मांसकोश; मुटु । २. अन्तरात्मा; अन्तःकरण; चित्त; मन । ३. असल र खराब छुट्ट्याउने शक्ति; विवेक । ४. कुनै वस्तुको सारतत्त्व वा भित्री रहस्य । ५. ज्यादै प्यारो व्यक्ति । ६. कोमल भावना; भावुकता ।
हृदयग्राहीवि. हृदयलाई आकर्षित गर्ने वा वशमा पार्ने; रुचिकर तथा सुन्दर ।
हृदयङ्गमवि. १. हृदयमा राम्रोसँग घुसेको वा बोध भएको । २. मर्मलाई छुने; घतलाग्दो; मर्मस्पर्शी ।
हृदयपटलना. मनको पाटो; भित्री मन ।
हृदयविदारकवि. हृदयलाई छियाछिया पार्ने; मुटु फुट्लाजस्तो; ज्यादै दुःखलाग्दो; दया, करुणा र शोक पैदा गर्ने ।
हृदयवेधीवि. हृदयलाई वेधन गर्ने; मुटु छेड्ने ।
हृदयस्पर्शीवि. १. हृदयलाई स्पर्श गर्ने; मुटु छुने । २. मनलाई द्रवित तुल्याउने; मुटु पगाल्ने ।
हृदयहारीवि. मनलाई मोहित पार्ने वा लोभ्याउने; मनोहर ।
हृदयहीनवि. मनमा कोमलता नभएको; निष्ठुर; निर्दय ।
हृदयालुवि. सहृदय; भावुक; स्नेही ।
हृदयेश/हृदयेश्वरना. १. प्रेमपात्र; प्रियतम । २. पति; स्वामी ।
हृदयेश्वरीना. हृदयकी मालिक्नी; पत्नी; प्रियतमा ।