वर्णक्रम खण्ड
ह
हट्ठाकट्ठावि. [प्रा. हट्ठमहट्ठ] हट्टाकट्टा ।
हट्ठीना. [प्रा. हत्थ] एकलौटी हक; एकाधिपत्य (मनोपली) ।
हट्नुअ.क्रि. [सं. घट्टन+नु] १. बसेको ठाउँबाट यताउति सर्नु; ठाउँ छाडेर पर जानु । २. अलग हुनु; छुट्टिनु । ३. नोकरी वा सेवाबाट अवकाश लिनु; काम छाड्नु । ४. काम चल्नु; टर्नु ।
हठना. [सं.] १. कुनै कामकुरामा गरिने एकोहोरो जिद्दी; तारन्तारको आग्रह; ढिपी; टेक । २. दृढ सङ्कल्प; अटल प्रतिज्ञा । ३. अनुचित कुरामा पनि गरिने जिद्दी; दुराग्रह ।
हठधर्मना. १. ठिकबेठिकको पर्बाह नगरी कुनै धर्मको अन्धानुसरण गर्ने काम; धर्ममा अति कट्टर हुने काम । २. लिँडे ढिपी; नचाहिँदा काममा गरिने आग्रह ।
हठधर्मिताना. हठधर्मीहुनाको भाव, क्रिया वा प्रक्रिया; हठधर्म ।
हठधर्मीवि. आफ्नो विचार, अवस्था, धर्म आदिका बारेमा जिद्दी गर्ने; दुराग्रही ।
हठयोगना. पतञ्जलिद्वारा प्रतिपादित ईश्वरप्राप्ति गर्ने, राजयोगको विपरीत योग; आसन, मुद्रा आदिद्वारा शरीरलाई धेरै कष्ट दिएर चित्तवृत्तिलाई बाह्य प्रपञ्चबाट हटाई अन्तर्मुखी पार्ने योगको एक विधि ।
हठात्क्रि.वि. १. बलपूर्वक; जबरजस्ती । २. एकाएक; अचानक; एक्कासि; सहसा ।
हठीवि. हठ गर्ने; जिद्दीवाल ।
हडक्नुस.क्रि. [√ हटक+नु] निषेध गर्नु; मनाही गर्नु ।
हडकाइना. हडक्ने भाव, क्रिया वा प्रक्रिया ।
हडचुरना. [हाड+चूर्ण] अरू नै रुखका प्रकाण्डमा उम्रने, सिउँडीजस्तो र आयुर्वेदका अनुसार भाँचिएको वा फुटेको हाड जोड्न उपयोग हुने एक प्रकारको लहरो; अस्थिसंयोजक ।
हडतालना. [सं. हरिताल] कुनै कामकारबाई वा प्रचलनप्रति असन्तोष, दुःख, विरोध आदि प्रकट गर्न तथा आफ्नो माग पूरा गराउनाका निम्ति मजदुर, कर्मचारी, विद्यार्थीआदि र जनसाधारणद्वारा सामूहिक रूपले पसल, अड्डा, पढाइ, काम आदि बन्द गर्ने काम वा त्यस्तो प्रक्रियाको राजनीतिक हतियार; हरताल ।
हडतालीवि. १. हडताल गर्ने; हरताली (व्यक्ति वा समूह) । २. हडतालसम्बन्धी ।
हडपना. [प्रा. हडप्प] १. अर्काको धनमाल लिएर फिर्ता नदिने चाल; अनुचित तरिकाद्वारा अरूको सम्पत्तिको हत्याइ । २. निल्ने वा पचाउने काम ।
हडपाइना. हडप गर्ने वा हडप्ने क्रिया वा प्रक्रिया ।
हडपाइनुक.क्रि. हडप्न लाइनु; पचाइनु ।
हडपाउनुप्रे.क्रि. हडप्न लाउनु ।
हडपिनुक.क्रि. हडप गरिनु ।