वर्णक्रम खण्ड

हुरहुराइना. हुरहुराउने भाव, क्रिया वा प्रक्रिया । हुरहुराइनुअ.क्रि. दन्केर बलिनु । हुरहुराउँदोवि. १. दन्केर बल्लाजस्तो; ज्वाला मास्तिर गइरहेको । २. बतासिने खालको; दुर्बलताले अनुहार फीका परेको । हुरहुराउनुअ.क्रि. १. दन्केर आगो बल्नु; चारैतिरबाट ज्वाला उठेर आगो दन्कनु । २. वेगसित हावा चल्नु; बतास चल्नु । ३. कुनै काम शीघ्रतापूर्वक गर्नु; हुर्दुराउनु । हुरहुरिनुअ.क्रि. आगो दन्केर बल्नु; ज्वाला निस्केर आगो दन्कनु । हुरहुरीक्रि.वि. हुरहुरती । हुरहुरेवि. १. दन्केर बल्ने (दाउरा आदि) । २. हुरहुर गरेर चल्ने (बतास) । ३. हडबडाएर काम गर्ने; हडबडे । हुरी१ना. [हुर्र] निकै जोडसित बहने वायु; वेगसित चलेको हावा; आँधी; आँधीबेहरी । हुरी२ना. [हूर] १. भोजन गर्न बस्ने मानिसहरूको डफ्फा । २. भोजनको पटक । हुरुक्कक्रि.वि. [अ.मू. हुरुक्+क] १. मन परेको वस्तु पाउनका लागि हत्ते हाल्ने गरी । २. प्राणवायु निस्कने वा मर्ने चालमा । हुरुरुरुक्रि.वि. [अ.मू.] १. हावा चल्ने वा चल्दा शब्द निस्कने गरी । २. निकै जोडसित दौडने चालले । ३. दन्केर आगो बल्ने गरी । ४. धेरै जना धमाधम आउने वा जाने किसिमले । हुरेल्नुस.क्रि. [हुर्र+नु] १. फजुलमा धेरै खर्च गर्नु; अनावश्यक कामकुरामा पैसा मास्नु । २. हुर्र मिल्काउनु; फ्याँक्नु । ३. बेसरी खन्याउनु; खत्त्याउनु । ४. हुल्नु; कोच्नु । हुरेलधरेलना. मालसामान र रुपियाँपैसा चाहिँदोभन्दा बढी खर्च गर्ने काम; फजुलको बढी खर्च । हुरेलाइना. हुरेल्ने तथा हुरेलाउने भाव, क्रिया वा प्रक्रिया । हुरेलाइनुक.क्रि. हुरेल्न लाइनु । हुरेलाउनुप्रे.क्रि. बढी खर्च गराउनु । हुरेलिनुक.क्रि. फजुलमा धेरै खर्च गरिनु । हुर्कनुअ.क्रि. [सं. हुर्क+नु] १. बाल्यावस्था पार गर्नु; बढ्नु; जवान हुनु । २. चराका बचेरा उड्न सक्ने हुनु । ३. आगो दन्केर बल्नु । ४. निकै जोडसित बतास चल्नु । हुर्काइना. हुर्कने तथा हुर्काउने भाव, क्रिया वा प्रक्रिया । हुर्काइनुक.क्रि. हुर्कने पारिनु ।