वर्णक्रम खण्ड
ह
हुच्चिनुस.क्रि. हुच्चनु ।
हुच्चीना. कतै जान वा कुनै काम गर्नका लागि अरूलाई उल्क्याउने वा उराल्ने चाल ।
हुच्च्याइना. हुच्चिने भाव, क्रिया वा प्रक्रिया ।
हुज्जतना. [अ.] १. व्यर्थको बहस; नचाहिँदो तर्क; विवाद । २. झगडा; कचिङ्गल; दगलफसल । ३. दङ्गा; मारपिट ।
हुज्जतीवि. नचाहिने कुरामा कचिङ्गल गर्ने; झगडालु ।
हुटहुटीना. [हुट+हुट] उत्साह दिँदै हतार गराउने काम; उत्साह; प्रेरणा ।
हुटिट्याउँना. लामा खुट्टा, छोटो पुच्छर, कालो चुच्चो र खैरो पिठ्युँ हुने, जलाशयका नजिकमा रहने एक चरो ।
हुडुक्कना. [सं.] डमरुका आकारको एक किसिमको ठुलो बाजा ।
हुड्काना. [हुड्को+आ] डमरु जस्तै तर केही लामो, बायाँ हातमा च्यापी दाहिने हातका औँलाले बजाइने, सुदूर पश्चिमाञ्चलका पहाड र तराईतिर, हुड्केहरूले भारत तथा कर्खा गाउँदा र अन्य स्थलमा दुसाद र डुमहरूले पनि प्रयोग गर्ने एक तालबाजा ।
हुड्केना. [हुड्का+ए] हुड्का बजाउने व्यक्ति वा वर्ग ।
हुड्केलीना. [हुड्को+एली] पश्चिम नेपालमा प्रचलित दमाईँ जातिले नाच्ने र गाउने लोकनृत्य एवं गीत ।
हुड्कोना. हुड्केली गीतमा प्रचलित डमरुजस्तो सानो र दुईतिर फुकेको, हातले बजाइने बाजा; हुड्का ।
हुतवि. [सं.] हवन गरिएको; आहुतिका रूपमा अग्निमा हालिएको; होमिएको ।
हुतहुतक्रि.वि. [अ.मू. हुत्+अ (द्वि.)] धमाधम फाल्ने वा मिल्काउने गरी ।
हुतहुतीक्रि.वि. अझै छिटो हुतहुत पारेर ।
हुताशनना. [सं.] अग्नि; आगो ।
हुतीना. [सं. हूति] कुनै काम गर्ने उत्साह; ह्याउ; हिम्मत; आँट ।
हुतीकारना. हुती भएको ।
हुतीहारावि. हुती वा हिम्मत नभएको; हिम्मतहारा ।
हुत्तक्रि.वि. [अ.मू. हुत्+त] १. हुत्त्याउने वा मिल्काउने गरी; खुत्त । २. छिटो गरी निस्कने वा पस्ने चालले । सात. हुतुतुतु ।