वर्णक्रम खण्ड
ह
हिले पालुङ्गोना. पालुङ्गोभन्दा लामा पहँल्छ्या पात र फुस्रो डाँठ हुने पालुङ्गो; गोब्रे पालुङ्गो ।
हिले फागुना. अबिरको सट्टा हिलो घस्नेछ्याप्ने गरेर खेलिने खेल वा त्यस्तो फागुजात्रा ।
हिले माछोना. हिलामा वा मैलो पानीमा बस्ने माछो ।
हिलोना. [प्रा. हिल] पानीमा मुछिएको माटो; माटाको लेदो; पङ्क ।
हिल्याइना. [√ हिल्याउ (+आइ)] हिल्याउने भाव, क्रिया वा प्रक्रिया ।
हिल्याइनुक.क्रि. हिल्याउने काम गरिनु; हिलो पारिनु ।
हिल्याउनुस.क्रि. [हिलो+याउ+नु] रोपाइँ गर्दा खेतको माटोमा पानी लगाई जोती वा खनी हिलो पार्नु; बाउसे गर्नु; टाकुचे गर्नु ।
हिल्लक्रि.वि. [अ.मू. हिल्+ल] १. गिजिएर हाँस्ने गरी । २. खित्का छाडेर हाँस्ने किसिमले ।
हिल्लाना. [अ. हील] कुनै वस्तु, व्यक्ति वा आफूले गर्नुपर्ने कामकुरो आफू पन्सने गरी अरूलाई सुम्पिने काम; जिम्मा ।
हिसाबना. [अ.] १. वस्तुहरूको सङ्ख्या वा परिमाण तोक्ने काम; गणना; गन्ती । २. आम्दानीखर्चको लेखाजोखा; हरहिसाब । ३. गणितशास्त्र; गणितविद्या । ४. भाउ; दर । ५. नियम; अनुशासन; रीति । ६. ढङ्ग; चाल; तरिका । ७. पर्वाह; वास्ता ।
हिसाबकिताबना. १. आम्दानीखर्चको लेखाजोखा; लेनदेन– व्यवहारको निर्धारण; हरहिसाब । २. हिसाब लेख्ने किताब । ३. लेनदेनसम्बन्धी व्यवहार । ४. सुहाउँदो व्यवस्था; बन्दोबस्त ।
हिसाब जाँचना. आम्दानीखर्चको लेखाजोखा हेर्ने काम ।
हिसाब सान्तीना. हिसाब वा अनुपातअनुसारको भाग बाँडिलिने काम ।
हिसाबीवि. १. हिसाब गर्ने; गन्ती गर्ने । २. हिसाब जान्ने; गणितज्ञ । ३. अरूको तिर्नुपर्ने पैसाबारे वास्ता नराखी लिनुपर्ने पैसाको पछि लाग्ने ।
हिसीना. [नेवा.? सं. श्री] १. सौन्दर्य; लावण्य । २. छाँटकाँट मिलेर राम्रो बनेको रूप ।
हिस्सक्रि.वि. [√ हस्स] १. चाहना गरेको वस्तु नपाउँदा निराश हुने गरी; हिस्सिने चालले; जिल्ल; खिस्रिक्क; ङिच्च । (उदा.- हिस्स बुढी खिस्स दाँत । -उखान) । २. मुसुक्क; खिस्स ।
हिस्साना. [अ. हिस्स] १. बाँडफाँड गर्दा हुने कसैको अधिकार भएको वस्तु वा वस्तुको एकाइ; भाग; अंश । २. मूल समूहको कुनै एकाइ; खण्ड; टुक्रो । ३. चकला ।
हिस्सादारवि. भागबन्डाको हकदार; हिस्सेदार ।
हिस्सा विभाजनना. अंशभाग गर्ने काम; बाँडफाँड ।
हिस्सिनुअ.क्रि. [हिस्स+इ+नु] १. चाहेको वस्तु नपाएर निराश हुनु; हिस्स पर्नु; जिल्लिनु । २. खिस्रिक्क हुनु; ङिच्च पर्नु ।